‘बैंकिङ क्षेत्रमा प्रचुर मात्रामा तरलता छ’ -गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ क्षेत्रमा प्रचुर मात्रामा तरलता रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाजको २६औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले बैंकिङ क्षेत्रमा प्रचुर तरलता रहेको बताएका हुन् । उनले भने, ‘अर्थतन्त्रका बाह्य क्षेत्र अत्यन्तै सबल छ । मुद्रास्फ्रिती सायद इतिहासमै तल छौं । त्यसैगरी बाह्य क्षेत्रसंगसँगै बैंकिङ […]

Sep 1, 2024 - 10:17
 0
‘बैंकिङ क्षेत्रमा प्रचुर मात्रामा तरलता छ’ -गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ क्षेत्रमा प्रचुर मात्रामा तरलता रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाजको २६औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले बैंकिङ क्षेत्रमा प्रचुर तरलता रहेको बताएका हुन् ।

उनले भने, ‘अर्थतन्त्रका बाह्य क्षेत्र अत्यन्तै सबल छ । मुद्रास्फ्रिती सायद इतिहासमै तल छौं । त्यसैगरी बाह्य क्षेत्रसंगसँगै बैंकिङ सिस्टममा प्रशस्तै प्रचुर मात्रामा तरलता छ । तरलता, हालको अवस्था, सवलतालाई हेरेर नेपाल राष्ट्र बैंकले पछिल्लो मौद्रिक नीतिमा धेरै नै लचक ल्याएको छ ।’

साथै, उनले तरलताकै आधारमा बैंकिङ प्रणालीको ब्याजदरहरु तल रहेको बताए । उनले भोलिको दिनमा आर्थिक क्रियाकलापहरुलाई अगाडि बढाउनको लागि र नीजि क्षेत्रको मनोबललाई उच्च राख्नको लागि प्रशस्त मात्रामा आधारशिला खडा भएको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register