वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाईदिने भन्दै लाखौँ रकम ठग्ने चार जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाईदिने भन्दै रकम ठगी गर्ने चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३० वर्षीय देव सुनार, २७ वर्षीय भिम सुनार, ३५ वर्षीय सुमन थापा र ४० वर्षीय कन्नजित राउत रहेका छन् । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेकामध्ये […]

Aug 28, 2024 - 09:27
 0
वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाईदिने भन्दै लाखौँ रकम ठग्ने चार जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाईदिने भन्दै रकम ठगी गर्ने चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३० वर्षीय देव सुनार, २७ वर्षीय भिम सुनार, ३५ वर्षीय सुमन थापा र ४० वर्षीय कन्नजित राउत रहेका छन् ।

उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये देव सुनार र भिम सुनारले ९ जनालाई युरोपका विभिन्न मुलुक पठाईदिने भन्दै ९५ लाख ३४ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । त्यस्तै, सुमन थापाले एक जनालाई युके पठाईदिने भन्दै १२ लाख रुपैयाँ ठगी गरेका थिए ।

त्यसैगरी, कन्नजित राउतले एक जनालाई माल्टा पठाईदिने भन्दै तीन लाख ६० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register