स्नुकर हाउस सञ्चालक हत्या प्रकरण : पक्राउ परेका एमकेले खुलाए हत्याको कारण

काठमाडौं । शंखमुलस्थित ‘द टाइम पास स्नुकर’का सञ्चालक रूपक बान्तवाको हत्या लेनदेन र रिसइबीको कारण गरेको भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । हत्यामा संलग्न आरोपमा सिम्रौनगढ नगरपालिका–७ घर भएर काठमाडौं महानगरपालिका–१० शंखमुल बस्ने एमके कुमारलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनीसँग प्रहरीले गरेको सोधपुछपछि हत्याको कारण खुलेको हो । आरोपी कुमारले […]

Aug 28, 2024 - 12:23
 0
स्नुकर हाउस सञ्चालक हत्या प्रकरण : पक्राउ परेका एमकेले खुलाए हत्याको कारण

काठमाडौं । शंखमुलस्थित ‘द टाइम पास स्नुकर’का सञ्चालक रूपक बान्तवाको हत्या लेनदेन र रिसइबीको कारण गरेको भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

हत्यामा संलग्न आरोपमा सिम्रौनगढ नगरपालिका–७ घर भएर काठमाडौं महानगरपालिका–१० शंखमुल बस्ने एमके कुमारलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनीसँग प्रहरीले गरेको सोधपुछपछि हत्याको कारण खुलेको हो । आरोपी कुमारले आफूलाई बान्तवाले हेप्ने गरेको कारण हत्या गरेको बयान दिएका छन् ।

कुमारले मृतकसँग आफ्नो लेनदेन पनि भएको अनुसन्धान अधिकृतहरूसँग बताएका छन् । तर, कुमार मानसिक रूपमा त्यति स्वस्थ्य नरहेको प्रहरीले जनाएको छ ।

हत्या गरेपछि कुमार मंगलबार दिनभर पशुपतिनाथ मन्दिरमा बसेको र साँझ डेरा फर्किएका थिए ।

प्रहरीले कुमारको साथबाट मृतक रुपक वाइबाको चेक, चश्मा, कपडा र हत्यामा प्रयोग गरिएको रड बरामद गरेको जनाएको छ । कुमार डेरामा एक्लै बस्दै आएका थिए ।

भदौ १० गतेशंखमूल साईबाबा पार्कस्थित दुई तले घरको भुइँ तल्लाको सटरभित्र सञ्चालन गरेको पुल हाउस सञ्चालन गर्दै आएका ४१ वर्षीय बान्तवाको कुटपिट गरी हत्या गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register