अमेरिकाको राष्ट्रपतीय चुनावबारे केही जान्नैपर्ने कुरा

काठमाडौं । अमेरिकी नागरिकहरूले यस वर्ष नोभेम्बरमा नयाँ राष्ट्रपति चयनका लागि मतदान गर्दैछन् । यो चुनावलाई सारा विश्वले हेर्नेछ । राष्ट्रपतिसँगै अमेरिकी नागरिकले पनि कुनै पनि विधेयक वा कानून पारित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने कांग्रेसका नयाँ सदस्य चयन गर्न मतदान गर्नेछन् । यी कानूनहरूले अमेरिकी नागरिकहरूको जीवनमा गहिरो प्रभाव पार्दछ । अब जान्नौं चुनावबारे – […]

Sep 19, 2024 - 13:28
 0
अमेरिकाको राष्ट्रपतीय चुनावबारे केही जान्नैपर्ने कुरा

काठमाडौं । अमेरिकी नागरिकहरूले यस वर्ष नोभेम्बरमा नयाँ राष्ट्रपति चयनका लागि मतदान गर्दैछन् । यो चुनावलाई सारा विश्वले हेर्नेछ ।

राष्ट्रपतिसँगै अमेरिकी नागरिकले पनि कुनै पनि विधेयक वा कानून पारित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने कांग्रेसका नयाँ सदस्य चयन गर्न मतदान गर्नेछन् ।

यी कानूनहरूले अमेरिकी नागरिकहरूको जीवनमा गहिरो प्रभाव पार्दछ । अब जान्नौं चुनावबारे –

राष्ट्रपतिको निर्वाचन कहिले हुन्छ ?

अमेरिकी राष्ट्रपतिका लागि मतदान मंगलबार नोभेम्बर ५, २०२४ मा हुनेछ । चुनाव जित्ने उम्मेदवारले आगामी चार वर्ष ह्वाइट हाउसबाट देशको सेवा गर्नेछ । उक्त राष्ट्रपतिको कार्यकाल जनवरी २०२५ देखि सुरु हुनेछ ।

अमेरिकी राष्ट्रपतिलाई आफैँले केही कानून पारित गर्ने अधिकार छ तर, अधिकांश कानुन संसद्‌को सहयोगमा पारित गर्नुपर्ने हुन्छ । अमेरिकी राष्ट्रपतिलाई विश्वव्यापी मञ्चमा आफ्नो देशको प्रतिनिधित्व गर्ने र विदेश नीति तय गर्ने धेरै स्वतन्त्रता छ ।

चुनावमा उम्मेदवार को–को छन् र कसरी छानिए ?

अमेरिकाका दुई प्रमुख राजनीतिक दलले आफ्ना उम्मेदवार मनोनयन गरेका छन् । यसका लागि यी दलहरूले राज्य प्राइमरी र ककसहरू आयोजना गर्छन्, जसमा जनताले आम चुनावमा आफ्नो पार्टीको नेतृत्व गर्ने नेताहरू छान्छन् ।

रिपब्लिकन पार्टीमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रतिद्वन्द्वीमाथि ठूलो अग्रता लिएर आफ्नो पार्टीको समर्थन जितेका छन् । मिलवाउकी, विस्कन्सिनमा सम्पन्न पार्टी अधिवेशनमा उनी रिपब्लिकन पार्टीको आधिकारिक राष्ट्रपति पदका उम्मेदवार बनेका थिए ।

राष्ट्रपति जो बाइडेनले राजीनामा दिएपछि उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति पदका लागि प्रतिस्पर्धा गर्दैछिन् । बाइडेन बाहिरिएपछि कमला ह्यारिसको उम्मेदवारीलाई अरू कुनै पनि डेमोक्र्याटले चुनौती दिएनन् ।

यी बाहेक केही स्वतन्त्र उम्मेदवार पनि राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा थिए । यी मध्ये सबैभन्दा प्रमुख पूर्व राष्ट्रपति जोन एफ केनेडीका भतिजा रोबर्ट एफ केनेडी जूनियर थिए । तर, अगस्टको अन्त्यमा उनले आफ्नो चुनावी अभियान समाप्त गरे र डोनाल्ड ट्रम्पलाई समर्थन गरे ।

डेमोक्र्याट र रिपब्लिकन पार्टीको अडान के छ ?

डेमोक्रेटिक पार्टी अफ अमेरिका एक उदार राजनीतिक पार्टी हो, जसको एजेन्डा मुख्यतया नागरिक अधिकार, सामाजिक सुरक्षा र जलवायु परिवर्तनका मुद्दाहरूलाई अगाडि बढाउने र त्यसका लागि उपायहरू सुनिश्चित गर्ने छ ।

रिपब्लिकन पार्टी अमेरिकाको कन्जरभेटिभ पार्टी हो । यसलाई जीओपी अर्थात् ग्रान्ड ओल्ड पार्टी पनि भनिन्छ । यो पार्टी कर घटाउने, सरकारको आकार घटाउने, बन्दुक राख्ने अधिकार दिने र अध्यागमनको विरोध गर्ने र गर्भपतनमा कडा प्रतिबन्ध लगाउने पक्षमा छ ।

अमेरिकामा राष्ट्रपतीय निर्वाचन कसरी हुन्छ ?

अमेरिकी राष्ट्रपतिको चुनावमा सम्पूर्ण देशमा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुँदैन । यसको सट्टा दुवै दलका उम्मेदवारहरूले सबै ५० राज्यहरूमा चुनाव जित्न प्रतिस्पर्धा गर्नुपर्छ ।

प्रत्येक प्रान्तमा आंशिक रूपमा जनसंख्याको आधारमा इलेक्ट्रोरल कलेज (निर्वाचक मण्डल) हरूको सेट संख्या हुन्छ । यसरी ५३८ इलेक्टोरल कलेज छन् । यीमध्ये २७० वा बढी जित्ने मात्रै राष्ट्रपति हुन्छ ।

दुई बाहेक सबै राज्यमा सबैभन्दा धेरै मत प्राप्त गर्ने उम्मेदवारलाई सबै इलेक्टोरल कलेज भोट दिइन्छ । धेरैजसो राज्यहरू कुनै न कुनै पार्टीतर्फ झुकेका छन् । त्यसकारण उम्मेदवारहरूले आफ्नो ध्यान लगभग एक दर्जन राज्यहरूमा केन्द्रित गर्छन्, जहाँ उनीहरूले जित्ने सम्भावना छ । यिनलाई युद्धभूमि वा स्विङ स्टेट भनिन्छ ।

राष्ट्रिय स्तरमा उम्मेदवारले अधिकतम मत प्राप्त गर्न सक्छ । जस्तै- हिलारी क्लिन्टनले सन् २०१६ मा राष्ट्रिय स्तरमा सबैभन्दा बढी मत प्राप्त गरेकी थिइन् । तर, उनी इलेक्टोरल कलेजको चुनावमा हारेकी थिइन् ।

अमेरिकी राष्ट्रपति चुनावमा कसले भोट दिन सक्छ ?

अमेरिकी निर्वाचनमा १८ वर्षभन्दा माथिका सबै नागरिकले राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न पाउनेछन् । नर्थ डकोटा बाहेक सबै राज्य मतदान गर्नु अघि दर्ता हुनुपर्छ ।

प्रत्येक राज्यको आफ्नै प्रक्रिया र मतदाता दर्ताको समयसीमा हुन्छ । विदेशमा बस्ने अमेरिकी नागरिकले पनि मतदानका लागि नाम दर्ता गर्न सक्छन् । तिनीहरूले संघीय पोष्ट कार्ड आवेदन भरेर हुलाक मार्फत मतदान गर्छन् ।

राष्ट्रपतिबाहेक अरु कसको निर्वाचन हुन्छ ?

अहिले विश्वभरका मानिसहरुको ध्यान अमेरिकाको राष्ट्रपतिमा को निर्वाचित हुन्छ भन्नेमा छ । तर, राष्ट्रपति बाहेक अमेरिकी मतदाताले अमेरिकी कंग्रेसका सदस्य पनि चयन गर्नेछन् । यो कंग्रेस अर्थात् संसदमा कानुन पारित हुन्छ ।

अमेरिकी संसदमा दुई सदन छन्- हाउस अफ रिप्रेजेन्टेटिभ्स, यसका सबै ४३५ सिटका लागि चुनाव हुँदैछ । सिनेट – जसको ३४ सिटका लागि चुनाव हुँदैछ ।

अहिले संसदमा रिपब्लिकन पार्टीको बहुमत छ । यो अमेरिकामा खर्च योजनाहरू अनुमोदन गर्ने कुरा हो । जबकि सिनेटमा डेमोक्र्याटको नियन्त्रण छ । सिनेटमा महत्वपूर्ण सरकारी नियुक्तिहरूमा मतदान हुन्छ ।

कसले जित्यो भन्ने कहिले थाहा हुन्छ ?

सामान्यतया भोटिङको रातमा विजेता घोषणा गरिन्छ तर, सन् २०२० मा भोट गणना गर्न केही दिन लागेको थियो । नयाँ राष्ट्रपति निर्वाचित भएपछिको केही अवधिलाई संक्रमणकाल भनिन्छ ।

यस अवधिमा नयाँ प्रशासनलाई क्याबिनेट मन्त्री नियुक्त गर्न र नयाँ कार्यकालको योजना बनाउन समय दिइन्छ । राष्ट्रपतिको शपथ जनवरीमा हुन्छ । यो वाशिंगटन डीसीको क्यापिटल हिल्स परिसरमा हुनेछ ।

बीबीसीको सहयोगमा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register