बालेन सिटीमा नाडाका नाममा बिवाईडीको ‘गतिछाडा’ हर्कत, ओलीलाई चुनौती दिँदै गाडी कम्पनीको राष्ट्रघात !

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा चलिरहेको नाडा अटो शोमा बिवाईडीले ‘राष्ट्रघाती हर्कत’ प्रदर्शन गरेको छ । नेपालको नक्साबाट लिम्पियाधुरा र कालापानीको नक्सा नै गायब बनाएर कम्पनीले यस्तो हर्कत गरेको हो । शोको मूलगेट अगाडी नै कम्पनीले नेपालको पूरानो नक्सा प्रदर्शन गरेर आफ्नो कम्पनीले वितरण गरिरहेको गाडीका स्वरुमका ठेगानाहरु प्रदर्शन गरिरहेको छ । नाडा अटो शोमा पुगिरहेका […]

Aug 28, 2024 - 16:35
 0
बालेन सिटीमा नाडाका नाममा बिवाईडीको ‘गतिछाडा’ हर्कत, ओलीलाई चुनौती दिँदै गाडी कम्पनीको राष्ट्रघात !

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा चलिरहेको नाडा अटो शोमा बिवाईडीले ‘राष्ट्रघाती हर्कत’ प्रदर्शन गरेको छ । नेपालको नक्साबाट लिम्पियाधुरा र कालापानीको नक्सा नै गायब बनाएर कम्पनीले यस्तो हर्कत गरेको हो । शोको मूलगेट अगाडी नै कम्पनीले नेपालको पूरानो नक्सा प्रदर्शन गरेर आफ्नो कम्पनीले वितरण गरिरहेको गाडीका स्वरुमका ठेगानाहरु प्रदर्शन गरिरहेको छ । नाडा अटो शोमा पुगिरहेका थुप्रैले यस विषयमा आवाज उठाए पनि कम्पनी र नाडाले यसलाई हटाउन नमान्दा कम्पनी र स्वयम् नाडा अटो शो आयोजकको नियतमाथि नै प्रश्न उठेको छ ।

विवाईडीका कर्मचारीले भने आफुहरुलाई यस विषयमा थाहा नै नभएको दाबी गरेका छन् । ‘किन पूरानो नक्सा राखेको ? यो त राष्ट्रघाती काम भएन र ?’ अर्थ सरोकारको प्रश्नमा बिवाईडीको स्टलमा भेटिएका कर्मचारीले सबै काम माथिको आदेश र एजेन्सीमार्फत भएकाले यस विषयमा आफुहरुलाई केहि पनि थाहा नभएको दाबी गरेका छन् ।

नाडाका एक अधिकारीले भने आफुले पनि सो ब्यानर हटाउन आग्रह गरे पनि कम्पनीले लगाईसकेको ब्यानर हटाउन नमानेको गुनासो गरेका छन् । ‘मैले सो ब्यानर हटाएर अर्को राख्नु भनेको हुँ । तर कम्पनीले राखिसकेको ब्यानर नहटाउने भन्यो । नाडाकै साथीहरुले कसले याद गर्छ र भन्ने शैलीमा कुरा गर्नुभयो । तर जे भयो, गलत भएको छ ।’ ती अधिकारीले भने ।

यता काठमाडौँ महानगरपालिकाले पनि आफुलाई यस विषयमा थाहा नभएको र उजुरी आए एक्सन लिने बताएको छ । ‘हामीलाई अहिलेसम्म यस विषयमा कुनै पनि जानकारी वा उजुरी आएको छैन ।’ काठमाडौँ महानगरपालिकाका एक अधिकृतले अर्थ सरोकारसँग भने, ‘हामीलाई उजुरी आएको खण्डमा हामी तत्काल एक्सनमा उत्रनेछौँ । तपाईंले जानकारी दिनुभयो, यस विषयमा बुझ्छौँ ।’

काठमाडौँको भृकुटीमण्डपमा भदौ ११ गतेदेखि नाडा अटो शो चलिरहेको छ । गत साल पनि अर्को एक कम्पनीले यस्तै राष्ट्रघाती हर्कत गरेको खबर अर्थ सरोकारले सार्वजनिक गरेपछि सो कम्पनीले आफ्नो हर्कत सच्याएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register