इजाजत लिएको हतियार बोक्न पनि सरकारको कडाइ, सार्वजनिक स्थलमा प्रतिबन्ध

काठमाडौं । सरकारले सार्वजनिक स्थलमा हातहतियार लैजान कडाइ गरेको छ । इजाजत प्राप्त हतियार भए पनि सार्वजनिक स्थलमा लैजान रोक लगाउने गरी सरकारले राजपत्रमा सूचना प्रकाशित गरेको छ । सूचनामा संसद भवन, अदालत, सरकारी कार्यालय, अस्पताल, शैक्षिक संस्था, सार्वजनिक यातायात, हाटबजार तथा सपिङ मल, सिनेमा हल लगायत स्थलमा इजाजत प्राप्त व्यक्तिलाई हतियार बोकेर हिंड्दा रोक […]

Sep 19, 2024 - 16:16
 0
इजाजत लिएको हतियार बोक्न पनि सरकारको कडाइ, सार्वजनिक स्थलमा प्रतिबन्ध

काठमाडौं । सरकारले सार्वजनिक स्थलमा हातहतियार लैजान कडाइ गरेको छ । इजाजत प्राप्त हतियार भए पनि सार्वजनिक स्थलमा लैजान रोक लगाउने गरी सरकारले राजपत्रमा सूचना प्रकाशित गरेको छ ।

सूचनामा संसद भवन, अदालत, सरकारी कार्यालय, अस्पताल, शैक्षिक संस्था, सार्वजनिक यातायात, हाटबजार तथा सपिङ मल, सिनेमा हल लगायत स्थलमा इजाजत प्राप्त व्यक्तिलाई हतियार बोकेर हिंड्दा रोक लगाएको उल्लेख छ ।

सरकारका तर्फबाट गृहसचिव गोकर्णमणि दुवाडीले जारी गरेका सूचनामा इजाजत प्राप्त नगरेका हतियार घर बाहिर लैजान नपाइने र यात्रा इजाजतपत्र प्राप्त गरेका हातहतियार पनि सार्वजनिक स्थलमा लैजान नपाउने जनाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register