बाढीले कालीकोट र दैलेख जोड्ने पक्की पुल बगायो

सुर्खेत । कर्णाली राजमार्गको अन्तर्गत कालीकोट र दैलेख जोड्ने दैखोलाको पक्की पुल बाढीले बगाएको छ । बुधबार राती आएको बाढीले पुल बगाएको हो । बाढीसँगै आएको पहिरोले पुल बगाएपछि कर्णाली राजमार्ग अवरुद्ध भएको कालीकोट खाँडाचक्र नगरपालिका–१ का अनन्त बरालले जानकारी दिए । ‘पक्की पुल पूर्ण रुपमा क्षति भएको छ ।’ उनले भने, ‘पुल बाढीपहिरोले बगाएका […]

Aug 29, 2024 - 08:55
 0
बाढीले कालीकोट र दैलेख जोड्ने पक्की पुल बगायो

सुर्खेत । कर्णाली राजमार्गको अन्तर्गत कालीकोट र दैलेख जोड्ने दैखोलाको पक्की पुल बाढीले बगाएको छ । बुधबार राती आएको बाढीले पुल बगाएको हो ।

बाढीसँगै आएको पहिरोले पुल बगाएपछि कर्णाली राजमार्ग अवरुद्ध भएको कालीकोट खाँडाचक्र नगरपालिका–१ का अनन्त बरालले जानकारी दिए ।

‘पक्की पुल पूर्ण रुपमा क्षति भएको छ ।’ उनले भने, ‘पुल बाढीपहिरोले बगाएका कारणले राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।’

बुधबार बेलुकीदेखिको वर्षाले कर्णाली राजमार्गको गगने खोला, एस मोड, जितेगडा, सेरिघाटलगायतका ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको र दैखोलाको पक्की पुल भत्काएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले बताए ।

त्यस्तै, कर्णाली करिडोरको फुगाड जलविद्युत् आयोजनाको सुरुङ खनेको रेंगिल भिरनजिकै माथिबाट खसेको लेदोसहित पहिरो खसेको कर्णाली करिडोर पनि अवरुद्ध रहेको सूचना अधिकारी केसीले जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register