बाँकेमा बस दुर्घटना : २ जनाको मृत्यु, दुई दर्जन घाइते

नेपालगञ्ज । बाँकेको राँझा चोक नजिकै रत्न राजमार्गको सुर्खेत सडकखण्डमा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुई दर्जनभन्दा धेरै घाइते भएका छन् । दाङबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे १ ख २१२८ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भएर सडक छेउमा पल्टिएको हो । दुर्घटनामा दाङको तुल्सीपुरका ६० वर्षीय धनबहादुर ओली र तुलसीपुरकै बसका स्टाफ […]

Aug 29, 2024 - 10:15
 0
बाँकेमा बस दुर्घटना : २ जनाको मृत्यु, दुई दर्जन घाइते

नेपालगञ्ज । बाँकेको राँझा चोक नजिकै रत्न राजमार्गको सुर्खेत सडकखण्डमा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुई दर्जनभन्दा धेरै घाइते भएका छन् ।

दाङबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे १ ख २१२८ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भएर सडक छेउमा पल्टिएको हो ।

दुर्घटनामा दाङको तुल्सीपुरका ६० वर्षीय धनबहादुर ओली र तुलसीपुरकै बसका स्टाफ २४ वर्षीय सन्तोष भुसालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरूको नेपालगञ्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register