महिला आयोगकाे तीज विशेष कार्यक्रम सम्पन्न 

काठमाडौं । राष्ट्रिय महिला आयोगलले नेपाली महिलाहरूको महान् चाड हरितालिका तीज आउन अझै केही दिन बाँकी छँदै तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । तीजको अवसरमा अयोगद्धारा विहिवार आयोजित तीज विशेष कार्यक्रममा श्रमिक महिला सहकारी नौमती बाजा समूहको विशेष प्रस्तुति रहेको थियो । सो समूहमा जानुका पौडेलको नेतृत्वमा ज्ञानु बराल, इन्दिरा श्रेष्ठ, कल्पना नेपाली, संमिता […]

Aug 29, 2024 - 12:57
 0
महिला आयोगकाे तीज विशेष कार्यक्रम सम्पन्न 

काठमाडौं ।

राष्ट्रिय महिला आयोगलले नेपाली महिलाहरूको महान् चाड हरितालिका तीज आउन अझै केही दिन बाँकी छँदै तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

तीजको अवसरमा अयोगद्धारा विहिवार आयोजित तीज विशेष कार्यक्रममा श्रमिक महिला सहकारी नौमती बाजा समूहको विशेष प्रस्तुति रहेको थियो ।

सो समूहमा जानुका पौडेलको नेतृत्वमा ज्ञानु बराल, इन्दिरा श्रेष्ठ, कल्पना नेपाली, संमिता परियार, कोपिला परियार, भीम कुमारी श्रेष्ठ, मिश्री माया बराम, ज्योति मगर, संगिता विक र शोभा भण्डारीले नौमती बाजामा मंगलधुन बजाएर कार्यक्रमको उद्घाटन गरिएको थियो ।

उनीहरुले विभिन्न धुनमा गित तथा नृत्य सहितको प्रस्तुतिद्धारा मनोरञ्जन गराएका थिए । कार्यक्रममा आयो तिजको रहर, नौमती बाजा खुल्ला नृत्य, चिटिक्कै भाछु रे भाकाका गितमा आयोगमा कार्यरत कर्मचारीहरु मञ्जु कुँवर, सृष्टि पौडेल, समिता थापा, मुना चौलागाई, बिमला अधिकारी, ममता सुवेदी लगायत सहभागीहरुले नृत्य गरेका थिए ।

कार्यक्रमा आयोगका अध्यक्ष कमला कुमारी पराजुलीले महिलाहरुको महान चाज तीज कार्यक्रमले महिला शसक्तिकरणको सन्देश दिनुपर्नेमा जोड दिनुभयो । मधेशी आयोगका सदस्य रेणु कुमारी साहले तीजालाई भड्कीलो नबनाई कला, सस्कृति जोगाउँने अवसरको रुपमा मनाउन जोड दिए ।

प्रतिस्पर्धात्मक नत्य तथा गीतको निर्णायक समितिले मूल्यांंकन गरी प्रथम श्रमिक महिला सहकारी नौमती बाजा समूह र द्धितिय मञ्जु कुँवर र तृतियमा बिमला अधिकारी, ममता सुवेदी, मुना चौलागाईको समूह र मञ्जु कुँवर, सृष्टि पौडेल, संमिता थापा, मुना चौलागाईको समूहले तेस्रो स्थान हासिल गरे । विजेता समूहलाई क्रमश: प्रथम १ हजार ५ सय, द्धितियलाई १ हजार र तृतियलाई रु ५ सय नगद पुरस्कार प्रदान गरियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register