५ प्रहरी अधिकारीको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, विपक्षीसँग लिखित जवाफ माग 

काठमाडौं । उमेरहद अनुसार आफूहरूलाई अवकाशमा नपठाउन अन्तरिम आदेश माग गर्दै ५ प्रहरी अधिकारीले दायर गरेको रिटमा सर्वोच्चले विपक्षीसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको हो । रिट निवेदक प्रहरी अधिकारीले मागे अनुसार अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीसँग लिखित जवाफ […]

Aug 29, 2024 - 12:55
 0
५ प्रहरी अधिकारीको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, विपक्षीसँग लिखित जवाफ माग 

काठमाडौं । उमेरहद अनुसार आफूहरूलाई अवकाशमा नपठाउन अन्तरिम आदेश माग गर्दै ५ प्रहरी अधिकारीले दायर गरेको रिटमा सर्वोच्चले विपक्षीसँग लिखित जवाफ माग गरेको छ ।

न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको हो ।

रिट निवेदक प्रहरी अधिकारीले मागे अनुसार अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीसँग लिखित जवाफ मात्र माग गरेको हो ।

दर्जाअनुसार विभिन्न उमेरमा हुने अवकाश कार्यान्वयन नगर्न माग गर्दै एआईजी श्यामलाल ज्ञवाली, डिआइजीहरू यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बास्तोला र इन्सपेक्टर नागेन्द्र ठाकुरले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

उनीहरु पद अनुसारको उमेरहदका कारण उनीहरु अनिवार्य अवकाशमा जाँदैछन् । तर, अवकाशमा जान नचाहेर ३० वर्षे सेवा हद कायम नहोस् भन्दै रिट हालेका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register