टाटाको इभि पञ्च इभी किन्दैहुनुहुन्छ ? पर्खनुस् !, यी हुन् ३ गम्भीर समस्या जसले तपाईंलाई पिरोल्न सक्छ…

काठमाडौँ । नाडा अटो शोको मुख्य प्रायोजक टाटाको टाटा पञ्च इभीमा हल्ला चलेजस्तो आकर्षण नभएको पाइएको छ । विदेशमा टाटाको इभि प्रयोग गरेकाहरुले राम्रो रेस्पोन्स नदिएपछि नेपालमा पनि टाटाको इभि पन्चमा आकर्षण नभएको पाइएको हो । विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यम र ब्लगहरुमा यसका प्रयोगकर्ताले यो गाडी राम्रो नभएको र ल्याएको केहि दिनमै समस्या आउन थालेको […]

Aug 30, 2024 - 06:15
 0
टाटाको इभि  पञ्च इभी किन्दैहुनुहुन्छ ? पर्खनुस् !, यी हुन् ३ गम्भीर समस्या जसले तपाईंलाई पिरोल्न सक्छ…
काठमाडौँ । नाडा अटो शोको मुख्य प्रायोजक टाटाको टाटा पञ्च इभीमा हल्ला चलेजस्तो आकर्षण नभएको पाइएको छ । विदेशमा टाटाको इभि प्रयोग गरेकाहरुले राम्रो रेस्पोन्स नदिएपछि नेपालमा पनि टाटाको इभि पन्चमा आकर्षण नभएको पाइएको हो ।

विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यम र ब्लगहरुमा यसका प्रयोगकर्ताले यो गाडी राम्रो नभएको र ल्याएको केहि दिनमै समस्या आउन थालेको प्रतिक्रिया दिएका छन् । अटो पारखीहरुका लागि चर्चित भारतको वेव साइट टिम-बिएचपी डटकमले पनि यो गाडीको गुणस्तरमाथि गाडी खरिदकर्ताले उठाएका प्रश्नहरु समावेश गरेको छ ।

भारतमा अटोसम्बन्धि चर्चित युट्युब च्यानल मोटरइन्कले त यो गाडी नकिन्ने विभिन्न कारणहरु भनेर भिडियो नै पोष्ट गरेको छ र अहिले यो भिडियो भाईरल बनिरहेको छ । सो भिडियोमा पनि धेरैले टाटाको पञ्च इभी गाडीमा समस्या रहेको र यसलाई किन्न सिफारिस नगर्ने बताईरहेका छन् ।

भिडियोमा विशेषगरी यो गाडी नकिन्नुपर्ने तीन कारण औंल्याईएको छ ।
पहिलो,
यो परिवारसहित लामो दुरीको यात्राका लागि उपयुक्त छैन ।
दोश्रो, महँगो मूल्यजस्तो गाडी प्रिमियम फील हुने खालको नै छैन ।
तेश्रो, तपाईंलाई यो गाडी, गाडीले दिने आनन्द भन्दा निकै महँगो पर्छ ।
गाडी किन्नु अघि यो सब देखेपछि गाडीका नेपाली पारखीहरु पनि हच्किएका छन् । कतिपयले त बुक गरिसकेका गाडीहरु पनि क्यान्सिल गर्ने तयारी गरिरहेका छन् भने धेरैले भारतीय बजारमा यो गाडीको विवरण हेरेपछि टाटाको पञ्च इभी नकिन्ने निर्णय गरेको बताईरहेका छन् ।

गाडी अपेक्षित नबिकेपछि अहिले सो गाडीको लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले बजारीकरणलाई आक्रामक बनाएको छ । तर जति बजारीकरण गरेपनि गाडीमा लाखौँ रुपैयाँ हाल्ने ग्राहकले गुगलमा सामान्य खोजिनिधि गर्दा पनि गाडीको गुणस्तरमा समस्या देखेपछि सो गाडी नकिन्ने निर्णय गरेका हुन् ।

स्मरण रहोस्, टाटा त्यहि कम्पनी हो, जसले नेपाललाई भारतको एउटा राज्य भन्दै दुष्प्रचार गरेर बर्षौंदेखि समान खरिदबिक्री गर्दै आएको छ । यो कम्पनीले झुट बोलेर काठमाडौँ महानगरलाई कमशल गाडी बेचेको भन्दै केहि समयअघि मात्र सिप्रदीलाई महानगरले कारवाही गरेको थियो भने उसका गाडीहरु फर्काएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register