‘लगानीका लागि नेपाल सम्भावना नै सम्भावना भएको मुलुक हो’ 

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि उल्लेख्य सम्भावना रहेको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै ढकालले नेपाल लगानीका लागि सम्भावना नै सम्भावना भएको देश भएको बताएका हुन् ।  उनले अहिले नेपालमा केही पनि सम्भावना नै छैन भन्ने भाष्य सिर्जना गरिएको भन्दै उक्त भाष्य सही नभएको दाबी […]

Aug 30, 2024 - 08:27
 0
‘लगानीका लागि नेपाल सम्भावना नै सम्भावना भएको मुलुक हो’ 

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि उल्लेख्य सम्भावना रहेको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै ढकालले नेपाल लगानीका लागि सम्भावना नै सम्भावना भएको देश भएको बताएका हुन् । 

उनले अहिले नेपालमा केही पनि सम्भावना नै छैन भन्ने भाष्य सिर्जना गरिएको भन्दै उक्त भाष्य सही नभएको दाबी गरे । 

‘नेपालमा सम्भावना छैन भनेर गलत भाष्य स्थापित गरिएको छ । तर, वास्तविकता त्यस्तो होइन, छैन ।’, अध्यक्ष ढकालले भने, ‘नेपालमा जता हेर्यो, त्यतै अवसर छ । जहाँ हेर्यो त्यहीँ अवसर छ ।’ 

त्यस्तै, ढकालले नेपालमा केही पनि सम्भावना नभएको भए आफू जस्तो सामान्य व्यक्ति उद्योग वाणिज्य महासंघको नेतृत्वसम्म कसरी आइपुग्यो ? भन्दै प्रश्नसमेत गरेका छन् । उनले आम नागरिकहरुलाई विश्वासमा लिएर अघि बढ्नसके नेपालमा लगानीका लागि प्रचुर सम्भावना रहेको दाबी गरेका छन् । 

अध्यक्ष ढकालले लगानीको वातावरण नै छैन, कानूनहरु नै ठिक छैन मात्रै भन्ने र संशोधनतिर नजाने हो भने कहिल्यै पनि राम्रो वातावरण बनाउन नसकिने पनि उल्लेख गरेका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register