वैदेशिक रोजगारीका लागि विदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्तिहरू पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्तिहरू पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला काठमाडौँ गोकर्णेश्वर नगरपालिका वडा नं ८ माकलबारी बस्ने  ४२ वर्षीया शशि लामा, काठमाडौँ महानगरपालिका वडा नं २६ रानीबारी बस्ने ३२ वर्षीया रोशनी विश्वकर्मा र जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं ६ बस्ने २५ वर्षीय गणेश […]

Aug 30, 2024 - 08:39
 0
वैदेशिक रोजगारीका लागि विदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्तिहरू पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्तिहरू पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला काठमाडौँ गोकर्णेश्वर नगरपालिका वडा नं ८ माकलबारी बस्ने  ४२ वर्षीया शशि लामा, काठमाडौँ महानगरपालिका वडा नं २६ रानीबारी बस्ने ३२ वर्षीया रोशनी विश्वकर्मा र जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं ६ बस्ने २५ वर्षीय गणेश बहादुर श्रेष्ठ रहेका छन् ।

उनीहरूले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया र दुबई लगायतका देशहरूमा लैजाने भन्दै पीडितहरूलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएका थिए ।

पीडितहरूले दिएको जाहेरीका आधारमा उपत्यकाको विभिन्न स्थानहरूबाट विभिन्न मितिमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

हाल पक्राउ परेका व्यक्तिहरूको थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register