नवलपुरमा सेप्टिक ट्यांकीभित्र निस्सासिएर तीन जनाको मृत्यु

काठमाडौं । नवलपरासी पूर्वमा सेप्टिक ट्यांकीमा निसास्सिएर तीन जनाको मृत्यु भएको छ । शुक्रबार विनय त्रिवेणी गाउँपालिका-७ मा निर्माणाधीन घरको ट्वाइलेटको सेप्टिक ट्यांकीमा निसास्सिएर तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । मृत्यु हुनेमा घर धनीका छोरा ३८ वर्षीय प्रकाशसिंह क्षेत्री, १९ वर्षीय गणेश बोगटी र नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका-७ का २८ […]

Aug 30, 2024 - 12:24
 0
नवलपुरमा सेप्टिक ट्यांकीभित्र निस्सासिएर तीन जनाको मृत्यु

काठमाडौं । नवलपरासी पूर्वमा सेप्टिक ट्यांकीमा निसास्सिएर तीन जनाको मृत्यु भएको छ ।

शुक्रबार विनय त्रिवेणी गाउँपालिका-७ मा निर्माणाधीन घरको ट्वाइलेटको सेप्टिक ट्यांकीमा निसास्सिएर तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

मृत्यु हुनेमा घर धनीका छोरा ३८ वर्षीय प्रकाशसिंह क्षेत्री, १९ वर्षीय गणेश बोगटी र नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका-७ का २८ वर्षीय मोहम्द राजा छन् ।

शुक्रबार बिहान ११ बजेतिर उनीहरू वडा नम्बर-७ का भोलासिंह क्षेत्रीको सेप्टिक ट्यांकी निर्माण गर्ने क्रममा त्यहीभित्र बेहोस भएका थिए ।

उपचारको क्रममा तीनै जनाको मृत्यु भएको हो । घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register