रिभल्बर र ६ राउण्ड गोलीसहित एक जना पक्राउ

सिन्धुली । कमलामाई नगरपालिका-१० दोभान बस्ने ४७ वर्षीय भिम बहादुर हायुलाई रिभल्बर र सोही रिभल्बरको गोली ६ राउण्ड सहित बिहीबार राती प्रहरीले पक्राउ गरेको छ । भिम बहादुरको घरमा हतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले घर तलासी गर्दा चामल राख्ने प्लास्टिको ड्रमभित्र लुकाई राखेको अवस्थामा उक्त रिभल्बर र गोली […]

Aug 30, 2024 - 13:46
 0
रिभल्बर र ६ राउण्ड गोलीसहित एक जना पक्राउ

सिन्धुली ।

कमलामाई नगरपालिका-१० दोभान बस्ने ४७ वर्षीय भिम बहादुर हायुलाई रिभल्बर र सोही रिभल्बरको गोली ६ राउण्ड सहित बिहीबार राती प्रहरीले पक्राउ गरेको छ ।

भिम बहादुरको घरमा हतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले घर तलासी गर्दा चामल राख्ने प्लास्टिको ड्रमभित्र लुकाई राखेको अवस्थामा उक्त रिभल्बर र गोली फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register