कस्तो छ शनिबारे मौसम ?

काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव रहिरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ । मनसुनी वायुको प्रभावले अहिले कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि सफा छ । कोशी प्रदेशका एक/दुई स्थानमा भने हल्का वर्षा भइरहेको महाशाखाले जनाएको […]

Aug 31, 2024 - 02:12
 0
कस्तो छ शनिबारे मौसम ?

काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव रहिरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ ।

मनसुनी वायुको प्रभावले अहिले कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि सफा छ ।

कोशी प्रदेशका एक/दुई स्थानमा भने हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक/दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा भने भारी वर्षाको पूर्वानुमान छ । राति देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी र बागमती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा तथा एक/दुई स्थानमा धेरै भारी वर्षा हुने पनि महाशाखाले पूर्वानुमान गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register