गण्डकीमा भाग पुर्‍याउन फुटाइयो मन्त्रालय

पोखरा । गण्डकी प्रदेशमा मन्त्रालयको सङ्ख्या बढाइएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयको सङ्ख्या ७ बाट ९ पुर्‍याउने निर्णय गरेको हो । वन तथा वातावरण, उद्योग, पर्यटन र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई फुटाइएको हो । प्रदेशमा नेपाली कांग्रेसले ५ र नेकपा (एमाले)ले ४ मन्त्रालय लिने सहमति भइसकेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एमाले केही […]

Sep 1, 2024 - 13:13
 0
गण्डकीमा भाग पुर्‍याउन फुटाइयो मन्त्रालय

पोखरा । गण्डकी प्रदेशमा मन्त्रालयको सङ्ख्या बढाइएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयको सङ्ख्या ७ बाट ९ पुर्‍याउने निर्णय गरेको हो । वन तथा वातावरण, उद्योग, पर्यटन र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई फुटाइएको हो ।

प्रदेशमा नेपाली कांग्रेसले ५ र नेकपा (एमाले)ले ४ मन्त्रालय लिने सहमति भइसकेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एमाले केही दिनमा सरकारमा आउने बताएका छन् ।

दुई ठूला दलहरू कांग्रेस-एमाले मिलेर सरकार बनाएपछि मन्त्रालय अपुग भयो, यसपछि मुख्यमन्त्री पाण्डेले मन्त्रालय फुटाएरै भए पनि भाग पुर्‍याएका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register