बंगलादेशमा दुर्गापूजाका लागि बनाइएका मूर्ति तोडफोड, जलाउने प्रयास

काठमाडौं । बंगलादेशमा दुर्गापूजाका लागि बनिरहेको मूर्ति तोडफोड भएको घटना सार्वजनिक भएको छ। मेघालय बोर्डरसँगैको बंगलादेशको शेरपुर जिल्लामा ३१ अगस्टको राति केही व्यक्तिहरुले एक मन्दिरमा त्यस्तो घटना घटाएका थिए। उनीहरु शनिबार राति शेरपुरको बरवारी मन्दिरको ताला फुटाएर भित्र पसेका थिए। मन्दिर समितिका महासचिव सागर रविदासले बताएअनुसार केही व्यक्तिहरुले मन्दिरको ताला र चेन तोडेर भित्र पसेका […]

Sep 2, 2024 - 02:21
 0
बंगलादेशमा दुर्गापूजाका लागि बनाइएका मूर्ति तोडफोड, जलाउने प्रयास

काठमाडौं । बंगलादेशमा दुर्गापूजाका लागि बनिरहेको मूर्ति तोडफोड भएको घटना सार्वजनिक भएको छ। मेघालय बोर्डरसँगैको बंगलादेशको शेरपुर जिल्लामा ३१ अगस्टको राति केही व्यक्तिहरुले एक मन्दिरमा त्यस्तो घटना घटाएका थिए। उनीहरु शनिबार राति शेरपुरको बरवारी मन्दिरको ताला फुटाएर भित्र पसेका थिए।

मन्दिर समितिका महासचिव सागर रविदासले बताएअनुसार केही व्यक्तिहरुले मन्दिरको ताला र चेन तोडेर भित्र पसेका थिए। त्यसपछि उनीहरूले माटोबाट बनेकी माताको मूर्ति तोडिदिए। त्यसपछि पेट्रोल छर्केर मूर्ति जलाउने प्रयास पनि गरे। घटनाको जानकारी पाउनासाथ स्थानीय प्रहरी र सेनाका जवानहरू घटनास्थलमा पुगे।

यद्यपि, कुनै कारणवश मूर्तिमा आगो लाग्न सकेन। त्यसपछि ती व्यक्तिहरु घटनास्थलबाट भागे।

आरोपीमाथि कारबाही हुन्छ : प्रहरी

स्थानीय प्रहरी थानाका इन्चार्ज कय्युम खान सिद्दिकीले आरोपीहरुमाथि कारबाही गर्ने बताएका छन् । उनले भने –घटनाको अनुसन्धानपछि मन्दिर तोडफोड गर्नेहरुमाथि कारबाही गरिनेछ। यद्यपि, घटनामा हालसम्म कुनै पनि आरोपित पक्राउ परेका छैनन्। बंगलादेशमा नयाँ सरकार गठनपछि हिन्दूहरूमा डर फैलिएको छ।

सरकारले हिन्दूहरूको सुरक्षाको लागि आश्वासन दिएको छ। हालै बंगलादेश हिन्दू बौद्ध ईसाई एकता परिषदका महासचिव राणा दासगुप्ताविरुद्ध हत्या मुद्दा दर्ता गरिएको थियो। यसको विरोधमा हजारौं मानिसले प्रदर्शन गरेका थिए।

अल्पसंख्यक शिक्षकहररुद्वारा राजीनामा

बंगलादेश हिन्दू बौद्ध ईसाई एकता परिषदका अनुसार देशमा नयाँ सरकार गठन भएपछि अल्पसंख्यक समुदायका शिक्षकहरुलाई जबरजस्ती राजीनामा गर्न लगाइरहेको छ। हालसम्म अल्पसंख्यक समुदायका ४९ शिक्षकले राजीनामा दिइसकेका छन्। तीमध्ये केवल १९ जनालाई पुनःस्थापना गरिएको छ।

बंगलादेश हिन्दू बौद्ध ईसाई एकता परिषद र बंगलादेश पूजा उदयापन परिषदले ९ अगस्टमा अन्तरिम सरकारका प्रमुख सल्लाहकारलाई खुला पत्र लेखेका थिए।

यस पत्रमा सरकारले अल्पसंख्यकहरूलाई सुरक्षा प्रदान गर्न आग्रह गरेका थिए। हसीना सरकारको पतनपछि ५२ जिल्लामा हिन्दूहरूमाथि आक्रमणका २०५ घटनाहरू सार्वजनिक भएका थिए। ती घटनाहरूको उल्लेख परिषदले खुला पत्रमा गरेका थिए। (दैनिक भास्कर)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register