हरि ढकालको सक्रियतापछि फर्कियो बजार, अघिल्लो दिन अर्थमन्त्रीलाई भेटेर दिएका थिए यस्ता सुझाव…

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालको सक्रियतापछि सेयर बजार लयमा फर्किएको छ । केही दिनयता लगातार करेक्सन देखिएको बजार सोमबार भने १२७.३२ अंकले बढेको हो । सोमबार बजार बढ्नुको कारणका रुपमा लगानीकर्ताले सांसद हरि ढकालसहितको टिमले अर्थमन्त्रीलाई भेटेर पूँजी बजारको सुधारका लागि ७ बुँदे सुझाव बुझाएका थिए । निरन्तर बढिरहेको बजार पुनः […]

Sep 2, 2024 - 11:01
 0
हरि ढकालको सक्रियतापछि फर्कियो बजार, अघिल्लो दिन अर्थमन्त्रीलाई भेटेर दिएका थिए यस्ता सुझाव…

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालको सक्रियतापछि सेयर बजार लयमा फर्किएको छ । केही दिनयता लगातार करेक्सन देखिएको बजार सोमबार भने १२७.३२ अंकले बढेको हो ।

सोमबार बजार बढ्नुको कारणका रुपमा लगानीकर्ताले सांसद हरि ढकालसहितको टिमले अर्थमन्त्रीलाई भेटेर पूँजी बजारको सुधारका लागि ७ बुँदे सुझाव बुझाएका थिए ।

निरन्तर बढिरहेको बजार पुनः ओरालो लाग्न थालेपछि ढकासहितको टोलीले अर्थमन्त्रीलाई भेट्नु, बजार सुधारका लागि सुझाव दिनु र लगानीकर्ताका सुझावप्रति अर्थमन्त्री पोजेटिभ हुनुले बजारमा लगानीकर्ताको मनोबल बढाएको थियो । फलस्वरुप सोमबारको बजारमा राम्रो बढोत्तरी देखिएको जानकारहरुले बताएका छन् ।

आज नेप्से परिसूचक १२७.३२ अंकले बढेर २८२३. २५ बिन्दुमा पुगेको छ । नेप्सेमा कुल ३ सय ३५ कम्पनीको ३ करोड १४ लाख ३० हजार ४८ कित्ता सेयर खरिद बिक्री हुँदा १३ अर्बमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कारोबार गुडविल फाइनान्स लिमिटेडको भएको छ । यस कम्पनीको ४६ करोड ५२ लाख ५१ हजार ९ सय रुपैयाँ ४० पैसा बराबरको भएको छ ।

त्यस्तै, सोमबार नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । आज नेशनल हाइड्रोपावरसहित ७ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, लक्ष्मी उन्नति कोषका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा धेरैले घटेको हो ।

यस्ता छन ढकालसहितको टोलीले अर्थमन्त्रीलाई दिएका ७ बुंदे सुझाव: 

१. अवैज्ञानिक तरिकाले गणना गरेको बजार पूँजीकरणले बजारमा गतल संदेश दिएकाले तथ्य परक भई वैज्ञानिक तरिकाले बजार पूँजीकरण गणना गरि समायोजन गर्नुपर्ने ।

२. बैंक वित्तीय संस्थालाई आफ्नो प्राथमिक पूँजीको २ प्रतिशत रकम अल्पकालीन रुपमा सुचीकृत कम्पनीमा लगानी (खरिद बिक्री) गर्न दिनुपर्ने ।

३. सबै प्रकारका शेयर धितो कर्जाको जोखिम भारलाई १०० प्रतिशतमा झानुपर्ने ।

४. धितोपत्र बोर्डको अध्यक्ष तत्काल नियुक्ति गर्नुपर्ने ।

५. खरब वित्तीय अवस्था भएका कम्पनीहरुको प्राथमिक एवं हकप्रद निश्कासन रोक्नु पर्ने ।

६. धितोपत्र बोर्डले इजाजत दिएका संस्थाहरु (स्टक एक्सचेञ्ज, ब्रोकर, मचेन्ट बैकरहरु) को प्राविधिक क्षमता विस्तार गर्नुपर्ने ।

७. धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जले सूचीकृत कम्पनीहरुको पारदर्शिता कायम राख्न र बजारमा हुन सक्ने अवाच्छित गतिबिधि रोक्न नियमन बढाउनु पर्ने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register