भिजन सेक्यूरिटिजद्वारा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न, २७० बढीको उपस्थिति

काठमाडौँ । भिजन सेक्यूरिटिज प्रा.लि. ले लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले भदौ ३० गते क्लासिक चुलो, ट्रेडमल पोखरामा आयोजना गरेको लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा दोश्रो बजारमा कारोबार गर्नका लागि आवश्यक प्रक्रिया, अनलाइन कारोबार, लगानीकर्ताले ध्यान दिनुपर्ने विषय र अनलाइन कारोबार सम्बन्धी व्यवस्था लगायतका विषयमा भिजन सेक्यूरिटिजका […]

Sep 16, 2024 - 10:28
 0
भिजन सेक्यूरिटिजद्वारा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न, २७० बढीको उपस्थिति

काठमाडौँ । भिजन सेक्यूरिटिज प्रा.लि. ले लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले भदौ ३० गते क्लासिक चुलो, ट्रेडमल पोखरामा आयोजना गरेको लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा दोश्रो बजारमा कारोबार गर्नका लागि आवश्यक प्रक्रिया, अनलाइन कारोबार, लगानीकर्ताले ध्यान दिनुपर्ने विषय र अनलाइन कारोबार सम्बन्धी व्यवस्था लगायतका विषयमा भिजन सेक्यूरिटिजका कार्यकारी अध्यक्ष राज कुमार तिमल्सिनाले प्रस्ट पारेका थिए ।

त्यस्तै, दोश्रो बजारमा कारोबार गर्दा लगानीकर्ताले के-कस्ता गल्तिहरु गर्छन्, के-के विषयमा ध्यान पुर्याउनु पर्छ, कम्पनी छनोट लगायतका विषयगत तथा प्राविधिक विश्लेषण कसरी गर्ने ? भन्ने विषयमा सेयर गुरु सुबास चन्द्र भट्टराईले कार्यपत्र प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा व्यवसायी, लगानीकर्ता, शिक्षक विद्यार्थी गरी २७० बढीको उपस्थिति रहेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register