मृत्युको हल्ला फैलिएपछि ‘काजी साब’को गुनासो – दानवरुपी व्यवहार भयो

काठमाडौं । अभिनेता रामचन्द्र अधिकारी ‘काजी साब’ले आफू सकुशल रहेको बताएका छन् । सामाजिक सञ्जालमा आफ्नो मृत्युको हल्ला फैलिएपछि मिडिया हबबाट सार्वजनिक भिडिओमा उनले भ्रमितको कुराको पछि नलाग्न आग्रह गरे । उनले आफूमाथि दानवरुपी व्यवहार भएको गुनासो गरेका छन् । ‘दर्शकहरुले एउटा मानवको रुपमा ममाथि दानवरुपी व्यवहार गर्नुभयो । उहाँहरुलाई पनि नमस्कार छ । मलाई […]

Sep 2, 2024 - 11:25
 0
मृत्युको हल्ला फैलिएपछि ‘काजी साब’को गुनासो – दानवरुपी व्यवहार भयो

काठमाडौं । अभिनेता रामचन्द्र अधिकारी ‘काजी साब’ले आफू सकुशल रहेको बताएका छन् ।

सामाजिक सञ्जालमा आफ्नो मृत्युको हल्ला फैलिएपछि मिडिया हबबाट सार्वजनिक भिडिओमा उनले भ्रमितको कुराको पछि नलाग्न आग्रह गरे ।

उनले आफूमाथि दानवरुपी व्यवहार भएको गुनासो गरेका छन् ।

‘दर्शकहरुले एउटा मानवको रुपमा ममाथि दानवरुपी व्यवहार गर्नुभयो । उहाँहरुलाई पनि नमस्कार छ । मलाई जिउँदै मारियो । म बोलिरहेको छु ।’ उनले भने ।

आफू मेरी बास्सैको सुटिङमै रहेको बताए । आफूबारे भ्रम फैलाएपछि आफ्नो मन दुखेको उनले गुनासो गरे ।

‘अहिलेसम्म हामीबाट कसैको मन दुखाउने काम भएको छैन । अनि अरुले पनि नगरुन् ।’ अधिकारीले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register