इजरायलले सैन्य दबाब कायम राखे बन्धक कफिनभित्र फर्काइने हमासको चेतावनी

काठमाडौं । हमासको सशस्त्र सेनाले इजरायलले सैन्य दबाब जारी राखेमा बन्धकहरू कफिनभित्र फर्काइने र इजरायली सेनाले आक्रमण गरेमा बन्दीहरूको सुरक्षामा रहेका सेनालाई नयाँ निर्देशन दिइएको चेतावनी दिएको छ । पछिल्लो समयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सम्झौताको सट्टा सैन्य दबाबको माध्यमबाट कैदीहरूलाई मुक्त गर्ने जिद्दी गरेको दोष हमासले लगाउँदै आएको छ । यसै गरी प्रधानमन्त्री नेतान्याहुले […]

Sep 3, 2024 - 13:05
 0
इजरायलले सैन्य दबाब कायम राखे बन्धक कफिनभित्र फर्काइने हमासको चेतावनी

काठमाडौं । हमासको सशस्त्र सेनाले इजरायलले सैन्य दबाब जारी राखेमा बन्धकहरू कफिनभित्र फर्काइने र इजरायली सेनाले आक्रमण गरेमा बन्दीहरूको सुरक्षामा रहेका सेनालाई नयाँ निर्देशन दिइएको चेतावनी दिएको छ ।

पछिल्लो समयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सम्झौताको सट्टा सैन्य दबाबको माध्यमबाट कैदीहरूलाई मुक्त गर्ने जिद्दी गरेको दोष हमासले लगाउँदै आएको छ ।

यसै गरी प्रधानमन्त्री नेतान्याहुले हमासले शान्ति नचाहेकाले बन्दकरुहको हत्या गरेको दाबी गर्दै आएका छन् ।

यही स्थिती कायम रहेमा बन्दकहरु कफिनभित्रै फर्किने इजेदिन अल–कसम ब्रिगेडका प्रवक्ता अबु ओबिडाले विज्ञप्तिमार्फत् जानकारी दिए ।

यस अघि छ जना बन्धकहरूलाई “मृत्युदण्ड“ दिएपछि सेना बन्दकहरु राखेको स्थानमा पुगेमा उनीहरूसँग गर्ने व्यवहारका सम्बन्धमा कैदीहरूको रक्षा गर्न तोकिएका सुरक्षाकर्मीलाई नयाँ निर्देशन जारी गरिएको छ । एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register