उत्तर प्रदेशमा ब्वाँसोलाई गोली हानी मार्न आदेश

काठमाडौं । भारतको उत्तर प्रदेश राज्यमा ब्वाँसोको आक्रमण बढ्दै गएपछि त्यहाँको सरकारले गोली हान्न आदेश दिएको छ । प्रमुख वन संरक्षक (वन्यजन्तु)ले यस्तो आदेश जारी गरेको हो । पछिल्लो दुई महिनामा बहराइच जिल्लामा ब्वाँसोले आठ गाउँमा आठ जनाको ज्यान लिएको छ । यसअघि प्रमुख मुख्य वन संरक्षक (वन्यजन्तु) ले ब्वाँसोलाई शान्त पार्न आदेश दिए पनि […]

Sep 4, 2024 - 08:33
 0
उत्तर प्रदेशमा ब्वाँसोलाई गोली हानी मार्न आदेश

काठमाडौं । भारतको उत्तर प्रदेश राज्यमा ब्वाँसोको आक्रमण बढ्दै गएपछि त्यहाँको सरकारले गोली हान्न आदेश दिएको छ । प्रमुख वन संरक्षक (वन्यजन्तु)ले यस्तो आदेश जारी गरेको हो ।

पछिल्लो दुई महिनामा बहराइच जिल्लामा ब्वाँसोले आठ गाउँमा आठ जनाको ज्यान लिएको छ ।

यसअघि प्रमुख मुख्य वन संरक्षक (वन्यजन्तु) ले ब्वाँसोलाई शान्त पार्न आदेश दिए पनि त्यो प्रभावकारी हुन सकेको थिएन ।

हिंस्रक ब्वाँसोको आक्रमणका घटनाले स्थानीयवासीमा त्रास फैलिएको छ । डरलाग्दो ब्वाँसोका कारण ज्यान गुमाउने घटना २२ किलोमिटरको परिधिभित्र भएका छन् ।

आदेशमा ब्वाँसोको उद्धार गर्न नसकिए गोली हानी मार्न भनिएको छ । यसका लागि तीनजना सशस्त्र प्रहरीलाई मनोनयन गरिएको छ ।

राष्ट्रिय वन्यजन्तु संरक्षण ऐन, १९७२ को धारा ११ (१) ए द्वारा प्रदत्त अधिकारको प्रयोगमा यो जारी गरिएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register