आलोचक झाँक्री अहिले ओलीकै पक्षमा, भनिन्– एमालेका कार्यकर्ताले मात्रै फलो गर्दा नि दोब्बर हुन्छ

काठमाडौं । नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीले मेयर बालेन साहका समर्थकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चलाएको अनफलो अभियानको प्रतिवाद गरेकी छिन् । झाँक्रीले ट्विटरमा भनेकी छिन् कि यदि एमाले पार्टीका सङ्गठित सदस्यहरूले मात्र ओलीलाई फलो गरे, भने ओलीको फलोअर्सको संख्या अहिलेको भन्दा दोब्बर हुनेछ । यो विवाद काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले एमालेकी सांसद रेखा […]

Sep 4, 2024 - 13:53
 0
आलोचक झाँक्री अहिले ओलीकै पक्षमा, भनिन्– एमालेका कार्यकर्ताले मात्रै फलो गर्दा नि दोब्बर हुन्छ

काठमाडौं । नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीले मेयर बालेन साहका समर्थकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चलाएको अनफलो अभियानको प्रतिवाद गरेकी छिन् ।

झाँक्रीले ट्विटरमा भनेकी छिन् कि यदि एमाले पार्टीका सङ्गठित सदस्यहरूले मात्र ओलीलाई फलो गरे, भने ओलीको फलोअर्सको संख्या अहिलेको भन्दा दोब्बर हुनेछ ।

यो विवाद काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले एमालेकी सांसद रेखा शर्माले बाल मजदुरको शोषण गरेको आरोपमा कारबाही नभएको भन्दै प्रधानमन्त्री ओलीमाथि प्रश्न उठाएपछि सुरु भएको हो । बालेनले फेसबुकमा कडा आलोचनात्मक पोस्ट गरेपछि ओली समर्थकहरू आक्रोशित भए र यसका प्रतिक्रियास्वरूप बालेन समर्थकहरूले प्रधानमन्त्री ओलीविरुद्ध फेसबुकमा अनफलो अभियान चलाएका छन् ।

हालै पार्टीमा उपाध्यक्ष पदमा चुनाव हारेकी  झाँक्रीको ट्वीटले ओली समर्थकलाई सहानुभूती दिएको छ ।

नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीकी नेतृ झाँक्री अहिले पार्टीको महत्त्वपूर्ण भूमिकामा छैनिन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register