संसद्‌मा एमाले भर्सेस माओवादी : ‘हिंसा’ शब्दले भाँड्यो अवस्था

काठमाडौं । संसद्‌मा सत्तारूढ दल नेकपा (एमाले) र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) बीच विवाद भएको छ । बुधबार बसेको संसद् बैठकमा एमाले सांसद योगेशकुमार भट्टराईले माओवादी केन्द्रले सञ्चालन गरेको १० वर्षे सशस्त्र जनयुद्धलाई ‘हिंसा’ भनेका थिए । यसपछि अवस्था तनावपूर्ण बनेको हो । सांसद भट्टराईलाई ‘काउन्टर’ दिँदै माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले एमालेले […]

Aug 28, 2024 - 09:51
 0
संसद्‌मा एमाले भर्सेस माओवादी : ‘हिंसा’ शब्दले भाँड्यो अवस्था

काठमाडौं । संसद्‌मा सत्तारूढ दल नेकपा (एमाले) र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) बीच विवाद भएको छ ।

बुधबार बसेको संसद् बैठकमा एमाले सांसद योगेशकुमार भट्टराईले माओवादी केन्द्रले सञ्चालन गरेको १० वर्षे सशस्त्र जनयुद्धलाई ‘हिंसा’ भनेका थिए । यसपछि अवस्था तनावपूर्ण बनेको हो ।

सांसद भट्टराईलाई ‘काउन्टर’ दिँदै माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले एमालेले कानूनको धज्जी उडाएको बताए ।

उनले सांसद भट्टराईले प्रयोग गरेको शब्द ‘हिंसा’ रेकर्डबाट हटाउन माग गर्दै भने, “शान्ति प्रक्रियालाई भाँड्ने काम नगरौँ ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register