यी हुन्, टानका नवनिर्वाचित अध्यक्ष पाण्डेका तीन कार्ययोजना 

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को भर्खरै मात्र निर्वाचन सकिएको छ । जसको उम्मेदवारी दिएकामध्ये सागर पाण्डे अध्यक्षमा निर्वाचित भएका छन् । तीन दशकदेखि नेपालको पर्वतीय पर्यटनमा अनुभव बटुलेका पाण्डेको नेतृत्वले पर्वतीय पदयात्राका व्यवसायीहरूमा सकारात्मक उत्साह थपेको देखिन्छ । अध्यक्ष पाण्डे आफ्नो पहिलो दायित्व नै व्यवसायसँग जोडिएका कम्पोनेन्टहरू, गाइड, सहयोगी, क्लाइमरहरुको संरक्षण गर्ने […]

Sep 5, 2024 - 08:41
 0
यी हुन्, टानका नवनिर्वाचित अध्यक्ष पाण्डेका तीन कार्ययोजना 

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को भर्खरै मात्र निर्वाचन सकिएको छ । जसको उम्मेदवारी दिएकामध्ये सागर पाण्डे अध्यक्षमा निर्वाचित भएका छन् ।

तीन दशकदेखि नेपालको पर्वतीय पर्यटनमा अनुभव बटुलेका पाण्डेको नेतृत्वले पर्वतीय पदयात्राका व्यवसायीहरूमा सकारात्मक उत्साह थपेको देखिन्छ ।

अध्यक्ष पाण्डे आफ्नो पहिलो दायित्व नै व्यवसायसँग जोडिएका कम्पोनेन्टहरू, गाइड, सहयोगी, क्लाइमरहरुको संरक्षण गर्ने रहेको बताउँछन् । उनी व्यवसायीहरूकै हक हितमा बोल्ने, लड्ने र कार्यान्वयन गर्ने आफ्नो प्राथमिकताको विषय रहेको उनको भनाई छ ।

के–के हुन्, पाण्डेका तीन योजना

कोष स्थापना 

सबैभन्दा पहिले सबै कर्मचारी तथा मजदुर साथीहरूका लागि राहत तथा उद्धार अक्षय कोषको स्थापना गरिने उनको भनाई छ । ताकी कुनै पनि सदस्य कम्पनीको कर्मचारी, ट्रेकिङ गाइड वा मजदुरमध्ये कसैलाई केही समस्या परे तत्कालै सहयोग गर्न सकियोस् ।

साथै, टानका सदस्य व्यवसायीहरूलाई कुनै पनि बेला दीर्घकालीन रोग वा महँगो उपचार गर्नुपर्ने रोगहरू लागेको अवस्थामा सोही कोषबाट राहत उपलब्ध गराउन सकिने उनले बताए । जसको लागि सुरुवातमा एक करोड बजेट घोषणा गरिने भएको छ ।

बैंकिङ तथा भ्याट र ट्याक्स परामर्श समिति

बैंकिङ तथा भ्याट र ट्याक्स परामर्श इकाई गठनको अवधारणा पनि आफूले अघि सारेको उनको भनाई छ । हरेक आर्थिक वर्षको अन्त्यमा ट्याक्स र भ्याटको सीमा तथा नियमहरूमा फेरबदल भइरहने हुनाले अलमलमा पर्ने कतिपय व्यवसायीहरूलाई कानुनी सहायता तथा परामर्श दिन सकियोस् ।

त्यसका साथै बैंकिङ क्षेत्रसँग जोडिएको कर्जा, व्याज तथा अन्य परामर्शमा पनि यस समितिले सहयोग गर्ने उनको भनाई छ ।

कानुनी परामर्श इकाई गठन

टानमा एउटा कानुनी परामर्श इकाईको गठन गरिने उनले बताए । जसबाट टानका साधारण सदस्यहरूले आफ्नो व्यवसाय सञ्चालनको क्रममा आइपर्ने कानुनी अड्चन, प्रशासनिक अप्ठ्याराहरू तथा अन्य कुनै किसिमको कानुनी परामर्श लिन सक्नेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register