शाहरुख बने सबैभन्दा बढी कर तिर्ने सेलिब्रेटी, विराटले कति ?

काठमाडौं । भारतमा सन् २०२४ मा सबैभन्दा बढी आयकर तिर्ने सेलिब्रेटीहरूको सूची सार्वजनिक भएको छ । सूचीमा अभिनेता शाहरुख खान शीर्ष स्थानमा छन् । दिएफर्च्युन इन्डियाको प्रतिवेदनअनुसार उनले ९२ करोड रुपैयाँ कर तिरेका छन् । शाहरुख खानपछि धेरै कर तिर्नेमा विजय, सलमान खान र अमिताभ बच्चनजस्ता कलाकारहरु छन् । आफ्नो राजनीतिक यात्रा सुरु गर्ने संघारमा […]

Sep 5, 2024 - 08:41
 0
शाहरुख बने सबैभन्दा बढी कर तिर्ने सेलिब्रेटी, विराटले कति ?

काठमाडौं । भारतमा सन् २०२४ मा सबैभन्दा बढी आयकर तिर्ने सेलिब्रेटीहरूको सूची सार्वजनिक भएको छ ।

सूचीमा अभिनेता शाहरुख खान शीर्ष स्थानमा छन् । दिएफर्च्युन इन्डियाको प्रतिवेदनअनुसार उनले ९२ करोड रुपैयाँ कर तिरेका छन् ।

शाहरुख खानपछि धेरै कर तिर्नेमा विजय, सलमान खान र अमिताभ बच्चनजस्ता कलाकारहरु छन् ।

आफ्नो राजनीतिक यात्रा सुरु गर्ने संघारमा रहेका विजयले ८० करोड रुपैयाँ कर तिरेका छन् भने पछिल्लो पटक टाइगर-३ मा देखिएका सलमान खानले ७५ करोड रुपैयाँ तिरेका छन् ।

अमिताभ बच्चन, जसले पत्नी जया बच्चनसँग १५७८ करोडको संयुक्त सम्पत्ति घोषणा गरेका छन् । उनले ७१ करोड भारु कर तिरेका छन् ।

यस्तै, भारतमा सबैभन्दा बढी कर तिर्ने सेलिब्रेटी क्रिकेटर विराट कोहली हुन्, उनले ६६ करोड रुपैयाँ तिरेका छन् ।

सूचीमा अर्को अभिनेता अजय देवगन छन्, जसले ४२ करोड भारु कर तिरेका छन् ।  अजय यस वर्ष दुईवटा फिल्म शैतान र मैदानमा देखा परेका छन् र छिट्टै रोहित शेट्टीको पुलिस फिल्म सिंघम अगेनमा देखिनेछन् ।

उनीपछि रणवीर कपुरले ३६ करोड रुपैयाँ कर तिरेका छन् । रणवीर पछिल्लो पटक सन्दीप रेड्डी वांगाको एनिमलमा देखिएका थिए । यो लिस्टमा रणवीरकी पत्नी अभिनेत्री आलिया भट्ट गायब छिन् ।

ऋतिक रोशन र कपिल शर्माले क्रमशः २८ करोड र २६ करोड कर तिरेका छन् ।

पछिल्लो पटक क्रुमा देखिएकी करीना कपुरले २० करोड भारु कर तिरिन् । उनका श्रीमान् अभिनेता सैफ अली खान यस सूचीबाट गायब छन् ।

शाहिद कपूरले १४ करोड भारु तिरेका छन् कियारा आडवाणीले १२ करोड रुपैयाँ तिरिन् । त्यसपछि अभिनेता क्याट्रिना कैफ र पंकज त्रिपाठी, जसले ११/११ करोड रुपैयाँ कर तिरे ।

यसअघि यस्ता धेरै लिस्टमा देखा परेका अक्षय कुमार यस वर्ष हराएका छन् । सन् २०२२ मा अक्षय कुमारले देशको ‘सबैभन्दा बढी कर तिरेकोमा आयकर विभागबाट सम्मान पत्र पाएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register