पल शाह भन्छन्- समीक्षासँग सम्बन्ध राम्रो छ, फेरि सँगै काम गर्न सकिन्छ

काठमाडौं । अभिनेता पल शाहले गायिका समीक्षा अधिकारीसँग आफ्नो सम्बन्ध अझै राम्रो रहेको र भविष्यमा फेरि सहकार्य गर्न सकिने बताएका छन् । प्राइम टेलिभिजनमा प्रसारित अन्तरवार्तामा उनले यो खुलासा गरेका हुन् । ‘समीक्षासँग हाम्रो सम्बन्ध राम्रो छ । उहाँले पनि राम्रो गर्दै हुनुहुन्छ’ पल शाहले भने ‘म सधैँ उहाँलाई सम्मान गर्छु ।’ पल शाहले थप […]

Sep 5, 2024 - 08:49
 0
पल शाह भन्छन्- समीक्षासँग सम्बन्ध राम्रो छ, फेरि सँगै काम गर्न सकिन्छ

काठमाडौं । अभिनेता पल शाहले गायिका समीक्षा अधिकारीसँग आफ्नो सम्बन्ध अझै राम्रो रहेको र भविष्यमा फेरि सहकार्य गर्न सकिने बताएका छन् ।

प्राइम टेलिभिजनमा प्रसारित अन्तरवार्तामा उनले यो खुलासा गरेका हुन् । ‘समीक्षासँग हाम्रो सम्बन्ध राम्रो छ । उहाँले पनि राम्रो गर्दै हुनुहुन्छ’ पल शाहले भने ‘म सधैँ उहाँलाई सम्मान गर्छु ।’

पल शाहले थप बताए कि उनीहरूबीच आवश्यकता अनुसार कहिलेकाहीँ कुराकानी हुने गर्छ । ‘राम्रो प्रस्ताव आयो भने हामी फेरि काम गर्न पनि सक्छौँ’ उनले भने ।

यस बीच, पूजा शर्मा र समीक्षा अधिकारीबीच सामाजिक सञ्जालमा भएको वाकयुद्धबारे टिप्पणी गर्दै पल शाहले भने, ‘आ–आफ्नो बुझाइमा आएको कुराहरू हो । सानो भिडिओ हेरेर जज गर्न मिल्दैन ।’

उनले वाक् स्वतन्त्रतामा कानुन बंमोजिम बोल्न पाइने बताए ।

हाल जापानमा रहेकी गायिका समीक्षा अधिकारीबाट यस विषयमा कुनै प्रतिक्रिया आएको छैन । यसअघि उनले पूजा शर्माविरुद्ध भने सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेकी थिइन् ।

पल शाह र सुदर्शन थापा अभिनीत नयाँ चलचित्र ‘रावायण’ को प्रचारप्रसारका क्रममा यो अन्तरवार्ता गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register