सेयर बजारबारे अर्थमन्त्रीको प्रश्नमा नेप्सेको ‘गोलमटोल’ जवाफ, सिष्टम ह्याकको तथ्य लुकाइयो (फोटो-कथा)

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल बुधबार नेप्सेमा ‘छड्के’ हान्न गए । अन्य सरकारी निकायमा छड्के हान्दा गरिनेजस्तै छोटो सूचना दिएर विभिन्न सचिवहरुसहित उनी त्यहाँ पुगेका थिए । नेप्सेमा नेप्सेका अधिकारीहरुलाई उनले विभिन्न प्रश्न गरेका थिए । ती प्रश्नको जवाफ नेप्सेले कति लुकायो भने कति गोलमटोल जवाफ दियो । बुधवार नेप्से कार्यालयमा पुगेका अर्थमन्त्री […]

Sep 19, 2024 - 02:52
 0
सेयर बजारबारे अर्थमन्त्रीको प्रश्नमा नेप्सेको ‘गोलमटोल’ जवाफ, सिष्टम ह्याकको तथ्य लुकाइयो (फोटो-कथा)
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल बुधबार नेप्सेमा ‘छड्के’ हान्न गए । अन्य सरकारी निकायमा छड्के हान्दा गरिनेजस्तै छोटो सूचना दिएर विभिन्न सचिवहरुसहित उनी त्यहाँ पुगेका थिए ।
नेप्सेमा नेप्सेका अधिकारीहरुलाई उनले विभिन्न प्रश्न गरेका थिए । ती प्रश्नको जवाफ नेप्सेले कति लुकायो भने कति गोलमटोल जवाफ दियो ।
बुधवार नेप्से कार्यालयमा पुगेका अर्थमन्त्री पौडेलले गत आर्थिक वर्षभर शेयर कारोबारबाट ५ अर्बको हाराहारीमा राजश्व संकलन भएको तर यस वर्षको दुई महिनामै करिव पौने सात अर्ब बराबरको राजश्व संकलन गर्न सरकार सफल भएको दाबी गर्दै पछिल्लो समय कारोबार घटेको विषयमा प्रश्न गरे । आफूले सो कुराको सही जवाफ नपाएसम्म स्वयं र कर्मचारीहरुलाई सोधिरहने बताए । तर नेप्सेका कर्मचारीले अर्थमन्त्रीलाई कारोबार घट्नुको सहि कारण बताएनन् ।
राजनीतिक रुपले अहिले पुँजी बजार नघटेको भन्दै पुँजी बजार बढाउन आवश्यक कदमहरु चाल्न सरकार तयार रहेको अर्थमन्त्रीले बताउँदासमेत नेप्सेका अधिकारीहरु यस विषयमा सटिक हुन सकेनन् ।
केहि समय अघिमात्र नेप्सेका केहि कर्मचारीहरु भित्री कारोबारमा संलग्न भएको आरोपमा उनीहरुको मोबाइल अख्तियारको टोलीले समातेको थियो । सप घटनापछि बोल्नै नसक्ने भएका नेप्सेका अधिकारीहरु अर्थमन्त्री समस्या र समाधानका बारेमा निकै खुल्दा पनि खुल्नुपर्ने जति खुल्न सकेनन् ।
पौडेलले टिएमएसमा आएको समस्याबारे पनि प्रश्न गरे । तर नेप्सेका अधिकारीहरुले यस विषयमा पनि गोलमटोल जवाफ दिए । नेप्सेले विभिन्न ब्रोकरलाई दिएको सफ्टवेरमा आएको समस्याका कारण एक ब्रोकरको सो सफ्टवेर ह्याक भएको थियो । ह्याकरले बिटक्वाइनमा फिरौती मागेपछि समस्या उत्पन्न भएको थियो । यसै विषयमा सिष्टम रिचेक गर्ने बेलामा नेप्सेको टिएमएसमा समस्या आएको थियो । तर यो तथ्य नेप्सेका अधिकारीहरुले अर्थमन्त्रीलाई भन्न सकेनन् ।
अहिले नेप्सेमा वाईकोकै कतिपय कर्मचारीहरुले अनाधिकृत रुपमा डेरा जमाएर बसेको तथ्य स्वयम् नेप्सेका अधिकारीहरुले स्वीकार्ने गरेका छन् । तर यस विषयमा अर्थमन्त्रीले प्रश्न गर्लान् कि भन्ने पीरमा रहेका नेप्सेका अधिकारीहरुले यस विषयमा अर्थमन्त्री नबोलेकोमा खुसी व्यक्त गरे ।
नेप्सेले लगानीकर्ताको विश्वास जित्ने, लगानीकर्ताको लगानी सुरक्षित गर्ने र स्वस्थ प्रतिष्पर्धालाई प्रवद्र्धन गर्न जोड दिँदा पनि नेप्सेका अधिकारीहरुले के कसरी सो काम गर्न सकिन्छ भनेर बताउन सकेनन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register