मकवानपुरमा नेपाली सेना सवार ट्रकमा आगलागी

काठमाडौं । मकवानपुरमा नेपाली सेना सवार ट्रकमा आगलागी भएको छ । ७ नम्बर बाहिनी चनवनबाट तालिमको लागि रेकी गर्न सिम्भञ्ज्याङतर्फ जाँदै गरेको नेपाली सेनाको बा १ ग ३४३६ नम्बरको ट्रकमा आगलागी भएको हो । बिहीबार दिउँसो त्रिभुवन राजपथ दामन-शिखरकोट सडक खण्डअन्तर्गत थाहा नगरपालिका-४ कुर्सी मोडमा पुगेपछि सेनाको ट्रकमा आगलागी भएको हो । ट्रक जलेर पूर्ण […]

Sep 5, 2024 - 12:17
 0
मकवानपुरमा नेपाली सेना सवार ट्रकमा आगलागी

काठमाडौं । मकवानपुरमा नेपाली सेना सवार ट्रकमा आगलागी भएको छ ।

७ नम्बर बाहिनी चनवनबाट तालिमको लागि रेकी गर्न सिम्भञ्ज्याङतर्फ जाँदै गरेको नेपाली सेनाको बा १ ग ३४३६ नम्बरको ट्रकमा आगलागी भएको हो ।

बिहीबार दिउँसो त्रिभुवन राजपथ दामन-शिखरकोट सडक खण्डअन्तर्गत थाहा नगरपालिका-४ कुर्सी मोडमा पुगेपछि सेनाको ट्रकमा आगलागी भएको हो । ट्रक जलेर पूर्ण रूपमा क्षति भएको छ ।

ट्रकको सापट भाँचिएपछि ट्रकलाई साइड लगाउने क्रममा अचानक आगो लागेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

थाहा नगरको दमकलले ट्रकमा लागेको आगो निभाउने कोसिस गरे पनि सफल भएनन् । आगलागीमा मानवीय क्षति भने भएको छैन । ट्रकमा १८ जना सवार थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register