प्रधानमन्त्री भेटेर डा. भट्टराईले भने- संक्रमणकालीन न्यायका काम चाँढै सक्नुस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवम् नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । शुक्रबार सिंहदरबारमा भेटका क्रममा संक्रमणकालीन न्यायसम्बन्धी विषयमा कुराकानी भएको र संक्रमणकालीन न्यायसम्बन्धी कानून बनेकोमा भट्टराईले सरकारलाई धन्यवाद दिएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । ओलीले लेखेका छन्, ‘मेरा मित्र, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईजीसँग भेट भयो […]

Sep 6, 2024 - 15:11
 0
प्रधानमन्त्री भेटेर डा. भट्टराईले भने- संक्रमणकालीन न्यायका काम चाँढै सक्नुस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवम् नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

शुक्रबार सिंहदरबारमा भेटका क्रममा संक्रमणकालीन न्यायसम्बन्धी विषयमा कुराकानी भएको र संक्रमणकालीन न्यायसम्बन्धी कानून बनेकोमा भट्टराईले सरकारलाई धन्यवाद दिएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

ओलीले लेखेका छन्, ‘मेरा मित्र, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईजीसँग भेट भयो । संक्रमणकालीन न्याय सम्बन्धी कानून बनेकोमा उहाँले धन्यवाद दिनु भयो । समसामयिक राजनीतिक विषयमा समेत छोटो कुराकानी भयो ।’

उता, नेपाल समाजवादी पार्टीले संक्रमणकालीन न्याय सम्बन्धी विषयमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै समयमा शान्ति प्रक्रियाका बाँकी काम सक्न आग्रह गरेको जनाएको छ ।

भेटमा प्रधानमन्त्री ओलीले प्रचण्डको पछिल्लो क्रियाकलापले सँगसँगै बस्न पनि नसकिने अवस्था सिर्जना भएको उल्लेख गर्दै आफू शान्ति प्रक्रिया समयमै टुङ्गोमा पुर्‍याउन प्रतिबद्ध रहेको बताएका थिए ।

प्रधानमन्त्री ओलीले एकल प्रयासमा शान्ति प्रक्रियाको काम गर्न उल्लेख गर्दै भने, ‘म त १५ घण्टा खटौंला, काम गरौंला तर अँध्यारो भइसक्छ ।’

पूर्वप्रधानमन्त्री डा. भट्टराईले ज्ञापनपत्र बुझाउँदै शान्ति सम्झौतापछि यो अर्को अवसर सिर्जना भएको भन्दै सक्रियतापूर्वक काम गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register