मकवानपुरमा एक दिने सेयर तालिम सम्पन्न, ७० बढी युवाको सहभागिता

काठमाडौं । मकवानपुरमा एक दिने सेयर तालिम सम्पन्न भएको छ । लियो क्लब अफ पिस थाहानगरको आयोजनामा भदौ २२ गते सेयर तालिम सम्पन्न भएको हो । पालुङ जेसिज सभाहलमा भएको तालिममा ७० बढि युवाको सहभागिता रहेको थियो । पछिल्लो समय सेयर बजारबाट पनि राम्रो आम्दानी गरिरहेको उदाहरणहरु प्रस्तुत भैरहँदा थाहानगरका युवाहरु पनि तालिमतर्फ आकर्षित भएका […]

Sep 8, 2024 - 07:35
 0
मकवानपुरमा एक दिने सेयर तालिम सम्पन्न, ७० बढी युवाको सहभागिता

काठमाडौं । मकवानपुरमा एक दिने सेयर तालिम सम्पन्न भएको छ । लियो क्लब अफ पिस थाहानगरको आयोजनामा भदौ २२ गते सेयर तालिम सम्पन्न भएको हो ।

पालुङ जेसिज सभाहलमा भएको तालिममा ७० बढि युवाको सहभागिता रहेको थियो । पछिल्लो समय सेयर बजारबाट पनि राम्रो आम्दानी गरिरहेको उदाहरणहरु प्रस्तुत भैरहँदा थाहानगरका युवाहरु पनि तालिमतर्फ आकर्षित भएका हुन् ।

तालिममा सहभागीहरुलाई सेयर गुरु सुभासाचन्द्र भट्टराइले सहजीकरण गरेका थिए । प्रशिक्षक भट्टराइले तालिममा सेयर बजार सम्बन्धी सैद्धान्तिक ज्ञान, व्यवहारिक तालिम, जोखिम व्यवस्थापन, मुल्याङ्कन र विश्लेषण, मानसिकता र अनुसाशन, समसामयिक बजारको जानकारीलगायतको विषयमा सहजीकरण गरेका थिए ।

तालिमका साथमा प्रश्नोत्तरसहित भट्टराइले सेयर बजार सम्बन्धित अनुभवहरु समेत उल्लेख गरेका थिए । थाहानगरमै पहिलो पटक आयोजना गरिएको यस किसिमको तालिमप्रति युवाको आकर्षणलाई उनले सकारात्क सूचक भएको बताए ।

तालिमका सहभागीहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register