बालेनलक्षित प्रधानमन्त्रीको टिप्पणी- नीति छैन तर, अहङ्कार देखाउनुपरेको छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजलाई फोहोरी बनाउन नदिने बताएका छन् । सोमबार गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित सङ्घर्ष समितिका प्रतिनिधिहरूसँगको भेटमा उनले यस्तो बताएका हुन् । “हामी समाजलाई फोहोरी बनाउन चाहँदैनौँ । हाम्रो त उच्चस्तरीय संस्कृति हो । हाम्रो संस्कृति भनेको गाउने, नाच्ने, दुखीहरूलाई सहयोग गर्ने हो,” प्रधानमन्त्री ओलीले भने, “हामी समाजलाई […]

Sep 9, 2024 - 07:51
 0
बालेनलक्षित प्रधानमन्त्रीको टिप्पणी- नीति छैन तर, अहङ्कार देखाउनुपरेको छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजलाई फोहोरी बनाउन नदिने बताएका छन् । सोमबार गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित सङ्घर्ष समितिका प्रतिनिधिहरूसँगको भेटमा उनले यस्तो बताएका हुन् ।

“हामी समाजलाई फोहोरी बनाउन चाहँदैनौँ । हाम्रो त उच्चस्तरीय संस्कृति हो । हाम्रो संस्कृति भनेको गाउने, नाच्ने, दुखीहरूलाई सहयोग गर्ने हो,” प्रधानमन्त्री ओलीले भने, “हामी समाजलाई फोहोरी बनाउन दिँदैनौँ । हामी आफू पनि गर्दैनौँ ।”

उनले समाजबारे कहिल्यै नसोचेकाहरूबाट देश कहिल्यै नबन्ने बताए । तर, उनीहरू नै बढी कराइरहेको उल्लेख गर्दै उनले भने, “आफ्नो अहङ्कार देखाउने, घमण्ड देखाउनेबाट देश बन्दैन । नीति छैन, कार्यक्रम छैन तर, उसैलाई अहङ्कार देखाउनुपरेको छ । यसरी पार लाग्दैन ।”

प्रधानमन्त्री ओलीले उपत्यकाभित्रका नदी किनार विवादमा समाधान निस्किनेमा विश्वस्त हुन आग्रह गरे । सर्वोच्च अदालतमा चाँडै भ्याकेट निवेदन पुग्ने उल्लेख गर्दै उनले भने, “सम्माननीय अदालतले त्यसमाथि पुनर्विचार गर्ला । म तपाईंहरूलाई ढुक्कसँग रहन आग्रह गर्छु ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register