बंगलादेशसँगको हारपछि पाकिस्तानी टोलीको ड्रेसिङ रूमको भिडिओ भाइरल

काठमाडौं । घरेलु मैदानमा पाकिस्तान पहिलो पटक १० विकेटले पराजित भयो । पाकिस्तान र बंगलादेशबीचको खेल आइतबार सकिएपछि केही यस्ता हेडलाइन्सले आयोजक टोलीको अवस्था देखेर पाकिस्तानी क्रिकेटर निराश हुनु स्वाभाविकै हो तर, यो हार पचाउन पूर्व क्रिकेटर र फ्यानका लागि सहज भने थिएन । । त्यसैमा पाकिस्तानी ड्रेसिङ रुमबाट केही यस्ता तस्वीर र भिडिओ बाहिर […]

Aug 26, 2024 - 11:19
 0
बंगलादेशसँगको हारपछि पाकिस्तानी टोलीको ड्रेसिङ रूमको भिडिओ भाइरल

काठमाडौं । घरेलु मैदानमा पाकिस्तान पहिलो पटक १० विकेटले पराजित भयो ।

पाकिस्तान र बंगलादेशबीचको खेल आइतबार सकिएपछि केही यस्ता हेडलाइन्सले आयोजक टोलीको अवस्था देखेर पाकिस्तानी क्रिकेटर निराश हुनु स्वाभाविकै हो तर, यो हार पचाउन पूर्व क्रिकेटर र फ्यानका लागि सहज भने थिएन । ।

त्यसैमा पाकिस्तानी ड्रेसिङ रुमबाट केही यस्ता तस्वीर र भिडिओ बाहिर आए, जसलाई देखेर विज्ञहरूले पाकिस्तानी टोलीमा सबै ठीक नभएको अनुमान गर्न थालेका छन् ।

वास्तवमा पाकिस्तानी टोलीको ड्रेसिङ रुमको भिडिओ भाइरल भएको छ । यद्यपि यो भिडिओ कुन दिनको हो भन्ने खुल्न सकेको छैन ।

के छ यो भिडिओमा ?

यस भिडिओमा पाकिस्तान टेस्ट क्रिकेट टिमका प्रशिक्षक जेसन गिलेस्पी र टिमका कप्तान शान मसूद देखिएका छन् । मसूद ड्रेसिङ रुममा आउनेबित्तिकै गिलेस्पीलाई केही भन्दै गरेको देखिन्छ र मसूदको शारीरिक भाषाबाट उनी रिसाएको देखिन्छ ।

यस क्रममा मसूद अधिकांश समय बोलिरहेको देखिन्छ र गिलेस्पी शान्तिपूर्वक उनको कुरा सुनिरहेको देखिन्छ ।

यो भिडिओ सार्वजनिक भएदेखि नै सामाजिक सञ्जालमा मानिसहरुले विभिन्न किसिमका प्रतिक्रिया दिइरहेका छन् ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले अप्रिल महिनामै पूर्व अस्ट्रेलियाली बलर गिलेस्पीलाई टोलीको प्रशिक्षकमा नियुक्त गरेको थियो ।

पाकिस्तानी टोलीको बारेमा लामो समयदेखि भनिँदै आएको छ कि टोलीमा समन्वयको कमी छ । यो कुरा एकदिवसीय र टी–२० कप्तान बाबर आजमले टी–२० विश्वकपपछि उल्लेख गरेका थिए । टी–२० विश्वकपमा पराजयपछि आजमको आलोचना पनि भएको थियो ।

टोलीमा राम्रा खेलाडी भए पनि टिमले एकजुट भएर प्रदर्शन गर्न नसकेको उनले बताए ।

पाकिस्तानको यो हारबाट क्रिकेट फ्यानहरूसँगै पूर्व क्रिकेटरहरू पनि आक्रोशित छन् र उनीहरूले टोली चयनदेखि पिचसम्म सबै कुरामा प्रश्न उठाएका छन् ।

पूर्व क्रिकेटर शाहिद अफ्रिदीले ट्वीटमा भनेका छन्, ‘१० विकेटले हारले यस्तो पिच तयार गर्ने, चार बलरको छनोट र स्पिनरलाई बाहिर राख्ने निर्णयमा गम्भीर प्रश्न खडा गरेको छ ।’

बंगलादेशसँगको हारपछि पाकिस्तानी फ्यानहरूले सामाजिक सञ्जालमा निकै आलोचना गरिरहेका छन् । धेरै फ्यानले टिम एकजुट भएर खेल्न नसकेको र त्यसको परिणाम फ्यानले मनाउने मौका नपाएको बताउँछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register