सोमबार ५५.८६ अंकले घट्यो नेप्से, ९ अर्बमाथिको सेयर कारोबार

काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ५५.८६ अंकले घटेर २६४६.०३ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय २७ कम्पनीको २ करोड १० लाख ४८ हजार ९ सय ११ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्बमाथिको कारोबार भएको छ । सोमबार सबैभन्दा धेरै […]

Sep 9, 2024 - 10:35
 0
सोमबार ५५.८६ अंकले घट्यो नेप्से, ९ अर्बमाथिको सेयर कारोबार

काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ५५.८६ अंकले घटेर २६४६.०३ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २७ कम्पनीको २ करोड १० लाख ४८ हजार ९ सय ११ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्बमाथिको कारोबार भएको छ ।

सोमबार सबैभन्दा धेरै कारोबार सीइडीबी हाइड्रोपावरको भएको छ । यस कम्पनीको ३ करोड ७० लाख ५७ हजार ८ सय २ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, आजको बजारमा हाथवेय इन्भेष्टमेन्ट नेपाल लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८.९८ प्रतिशतले बढेको हो ।

यता, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७.७८ प्रतिशतले घटेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register