एमालेको निश्कर्ष – धारा ७६ (२) कै सरकार बन्छ, संविधानको पुनरावलोकन गर्न सकिन्छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठन हुने निष्कर्ष निकालेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले सो निस्कर्ष निकालेको हो ।साथै, पार्टीले आवश्यकताका आधारमा संविधान संसोधन गर्न सकिनेवारेमा पनि छलफल गरेको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सर्वोच्च अदालतले एउटै धाराबाट पटक […]

Sep 9, 2024 - 11:16
 0
एमालेको निश्कर्ष – धारा ७६ (२) कै सरकार बन्छ, संविधानको पुनरावलोकन गर्न सकिन्छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठन हुने निष्कर्ष निकालेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले सो निस्कर्ष निकालेको हो ।
साथै, पार्टीले आवश्यकताका आधारमा संविधान संसोधन गर्न सकिनेवारेमा पनि छलफल गरेको छ ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सर्वोच्च अदालतले एउटै धाराबाट पटक पटक सरकार बन्नसक्ने प्रष्ट पारिसकेकाले अब बन्ने सरकार पनि संविधानको धारा ७६ (२) अनुसार गठन हुने बताउनुभयो ।

२०७८ सालमा पनि संविधानको धारा ७६ (२) अनुसार बनेको तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि नयाँ सरकार गठनका लागि राष्ट्रपतिले फेरि सोही धाराअनुसार नै सरकार बनाउन दललाई आह्वान गर्नुभएको थियो” उपमहासचिव ज्ञवालीले भन्नुभयो, “अहिले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत नपाए संविधानको धारा ७६ (२) अनुसार अर्को सरकार गठनका लागि आह्वान हुन्छ ।”


नेपाली कांग्रेससँगको सहमतिपछि संविधान संशोधनका कुरा उठे पनि कुन कुन बुँदामा संशोधन गर्ने भन्ने कुरा स्पष्ट नभइसकेको भन्नुहुँदै उपमहासचिव ज्ञवालीले संविधान गतिशील दस्तावेज भएकाले संशोधन गर्न सकिने बताउनुभयो । संविधान जारी भएको १) वर्ष भएकाले पुनरावलोकन गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

“संविधानका केही दफाले राजनीतिक स्थायित्व, बलियो र स्थिर सरकार बनाउनका निम्ति अप्ठ्यारो भएको छ । प्रदेश सरकार सञ्चालन थप समस्या छ । त्यसैले संविधान संशोधन गरेर अगाडि बढ्नुपर्छ” उहाँले भन्नुभयो, “सुशासन र राजनीतिक स्थायित्वका निम्ति संविधानका कुनै प्रावधान संशोधन गर्नुपरेमा सबै राजनीतिक दलको सहमति लिएर अगाडि बढ्छौँ ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register