नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छिन् । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१/०५/२० को निर्णय बमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०८१/०५/२३, च.नं. संस्थान ४६० (ख) को नियुक्ति पत्रबाट उनलाई कम्पनीको प्रबन्ध निर्देशक पदमा चार वर्षको पदावधि रहने गरी नियुक्त गरिएको हो । यस अघि […]

Sep 9, 2024 - 13:03
 0
नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छिन् । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१/०५/२० को निर्णय बमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०८१/०५/२३, च.नं. संस्थान ४६० (ख) को नियुक्ति पत्रबाट उनलाई कम्पनीको प्रबन्ध निर्देशक पदमा चार वर्षको पदावधि रहने गरी नियुक्त गरिएको हो ।

यस अघि नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०८०/०६/१७ को निर्णय (मा.मन्त्री स्तर) बमोजिम उनले सोही मितिदेखि कम्पनीको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।

नवनियुक्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बी.ई. र थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एम.ई. गरेकी छिन् ।

२०४९ चैत्र २३ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी उनले २०५१ फाल्गुण १० मा कम्पनीको सेवामा स्थायी नियुक्ति लिएकी थिइन् ।  साथै, उनी २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक पदमा नियुक्त भएकी थिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register