प्रकाशलाई माओवादीले घर बनाइदिने, किरातीको संयोजकत्वमा बन्यो निर्माण समिति

काठमाडौं । नेकपा (माओवादी केन्द्र) षडानन्द नगर कमिटी, भोजपुरले प्रकाश तामाङलाई घर बनाइदिने भएको छ । विद्या चापागाईंको ‘हेर्ने कथा’बाट सार्वजनिक भएका पका र काले भनिने प्रकाश तामाङलाई माओवादी केन्द्र नगर कमिटी र जनप्रतिनिधिहरूको पहलमा घर बनाउन लागिएको हो । त्यसका लागि पूर्वमन्त्रीसमेत रहेका माओवादी केन्द्रका नेता सुदन किरातीको संयोजकत्वमा जिल्ला समन्वय समिति, भोजपुरकी सदस्य […]

Aug 28, 2024 - 10:43
 0
प्रकाशलाई माओवादीले घर बनाइदिने, किरातीको संयोजकत्वमा बन्यो निर्माण समिति

काठमाडौं । नेकपा (माओवादी केन्द्र) षडानन्द नगर कमिटी, भोजपुरले प्रकाश तामाङलाई घर बनाइदिने भएको छ ।

विद्या चापागाईंको ‘हेर्ने कथा’बाट सार्वजनिक भएका पका र काले भनिने प्रकाश तामाङलाई माओवादी केन्द्र नगर कमिटी र जनप्रतिनिधिहरूको पहलमा घर बनाउन लागिएको हो ।

त्यसका लागि पूर्वमन्त्रीसमेत रहेका माओवादी केन्द्रका नेता सुदन किरातीको संयोजकत्वमा जिल्ला समन्वय समिति, भोजपुरकी सदस्य लकिदी शेर्पा र षडानन्द नगरपालिकाकी उपमेयर प्रमिलाई राई सदस्य रहनेगरी ‘घर निर्माण समिति’ बनाइएको छ ।

घर निर्माणका लागि माओवादी केन्द्रका नेता एवम् गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसो) का सभापति कृष्णकुमा राईले लगभग ६ रोपनी जग्गा उपलब्ध गराएका छन् ।

यसअघि प्रकाश तामाङको परिवारसँग भेटघाट गरिएको नगर पार्टी अध्यक्ष एङराज राईले जानकारी दिए । उनका अनुसार घर निर्माण गरेर दशैंअगाडि नै हस्तान्तरण गर्नेगरी काम हुनेछ ।

झापाका प्रकाश तामाङ १० वर्षको उमेरमा काठमाडौंबाट हराएका थिए । त्यसयता उनी गोरखाको चुम भ्यालीमा एक शेर्पाको बस्दै आएका थिए तर, उनले परिवार खोज्न सकेका थिएनन् ।

उनलाई घरपरिवारसँग भेटाइदिने काम विद्या चापागाईंले गरेकी हुन् । विद्याले ‘हराएका वर्षहरू’ नाममा प्रकाश तामाङको कथा लिएर आएकी थिइन् । यसपछि प्रकाश तामाङको चर्चा चुलिएको छ ।

झापाबाट काठमाडौं आए हराएका प्रकाश तामाङको परिवार पछि भोजपुर सरेको थियो । अहिले प्रकाश तामाङ आफैँ पनि भोजपुर नै फर्किएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register