लन्डनमा मुलाको साग र जोगिन्दर पानवालाले देखाए गाईजात्रा

लन्डन- नेपालका राष्ट्रिय कलाकारहरुको प्रस्तुतिमा लन्डनमा गाईजात्रा शो सम्पन्न छ । साउथ इष्ट लन्डनको वुल्लीचमा आइतबार सांझ हास्यव्यंग्य र सांगीतिक प्रस्तुतिसहित गाईजात्रा शो गरिएको हो । वुल्लीचको ट्रामसेड थिएटरमा नेपालका चर्चित कमेडी कलाकारद्धय सुरेन्द्र केसी ‘मुलाको साग’ र शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ले विशेष प्रस्तुति देखाएर दर्शक हंसाएका थिए । साथमा संगीतकार एवम् गायक वसन्त सापकोटाले […]

Sep 9, 2024 - 16:22
 0
लन्डनमा मुलाको साग र जोगिन्दर पानवालाले देखाए गाईजात्रा


लन्डन- नेपालका राष्ट्रिय कलाकारहरुको प्रस्तुतिमा लन्डनमा गाईजात्रा शो सम्पन्न छ ।

साउथ इष्ट लन्डनको वुल्लीचमा आइतबार सांझ हास्यव्यंग्य र सांगीतिक प्रस्तुतिसहित गाईजात्रा शो गरिएको हो ।

वुल्लीचको ट्रामसेड थिएटरमा नेपालका चर्चित कमेडी कलाकारद्धय सुरेन्द्र केसी ‘मुलाको साग’ र शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ले विशेष प्रस्तुति देखाएर दर्शक हंसाएका थिए । साथमा संगीतकार एवम् गायक वसन्त सापकोटाले सांगीतिक प्रस्तुतिमार्फत मन्त्रमुग्ध बनाएका थिए ।

कार्यक्रममा नेपालबाट आएका कलाकार अस्मिता राना र अमृता पाण्डेले आकर्षक नृत्य देखाएका थिए । त्यस्तै, बेलायतमै रहेका कलाकारहरु दीपक थापा, आर्जी खरेल र सञ्जय खड्काले पनि गीतहरु सुनाएका थिए ।

सो अवसरमा प्रस्तुति गर्ने कलाकारहरुलाई ग्रीनवीच बरो मेयर जीत रानाभाटले खादा लगाएर सम्मान गरेका थिए ।

कार्यक्रमको व्यवस्थापन बेलायतमै बस्दै आएका कलाकारत्रय सनमकुमार वैराग, मनिषकुमार श्रेष्ठ र विनोद चिपालुले गरेका थिए ।

गाईजात्रा कार्यक्रममा रमाउन दुई सय बढी स्थानीय नेपालीहरु भेला भएको आयोजकले जनाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register