बेलायतका नेपाली इन्जिनियरहरुले चुने नयां नेतृत्व

लन्डन । बेलायतस्थित नेपाली इन्जिनियरहरुको संस्था सोसाइटी अफ नेप्लिज इन्जिनियर्स इन यूकेमा नयां कार्यसमिति चयन भएको छ । ७ सेप्टेम्बर शनिबार लन्डनमा सम्पन्न वार्षिक साधारणसभाले इन्जिनियर सुवोध तिमिल्सिनाको अध्यक्षतामा छैठौं कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । साधारणसभाले उपाध्यक्षमा डा. रुद्र पौडेल, महासचिव मनोज पुन, सचिव संगीता पोखरेल र कोषाध्यक्षमा सुमन चालिसेलाई निर्वाचित गरेको छ । […]

Sep 9, 2024 - 10:29
 0
बेलायतका नेपाली इन्जिनियरहरुले चुने नयां नेतृत्व

लन्डन । बेलायतस्थित नेपाली इन्जिनियरहरुको संस्था सोसाइटी अफ नेप्लिज इन्जिनियर्स इन यूकेमा नयां कार्यसमिति चयन भएको छ ।

७ सेप्टेम्बर शनिबार लन्डनमा सम्पन्न वार्षिक साधारणसभाले इन्जिनियर सुवोध तिमिल्सिनाको अध्यक्षतामा छैठौं कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

साधारणसभाले उपाध्यक्षमा डा. रुद्र पौडेल, महासचिव मनोज पुन, सचिव संगीता पोखरेल र कोषाध्यक्षमा सुमन चालिसेलाई निर्वाचित गरेको छ ।

त्यसैगरि, सदस्यहरुमा डा. ब्रम्हानन्द सापकोटा, पुकार सिवाकोटी, डा. सूर्यनाथ घिमिरे, सुजन शर्मा र सुजित शर्मा निर्वाचित भएका सोसाइटीले जनाएको छ ।

सोसाइटीले गत २३ अगष्टदेखि ७ सेप्टेम्बरसम्म निर्वाचन कार्यक्रम गरेको थियो ।

नवनिर्वाचित अध्यक्ष तिमिल्सिनाले आफ्नो भिजन प्रस्तुत गर्दै बेलायतका नेपाली इन्जिनियरहरुको पेशागत हक हित एवं नेपालमा आफूहरुको सीप र ज्ञान हस्तान्तरण गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यसअघि निवर्तमान अध्यक्ष रुद्र कोइरालाको अध्यक्षतामा सचिव सज्ञान खरेलले सञ्चालन गरेको साधारणसभामा पांचौं कार्यसमितिको वार्षिक प्रतिवेदन अनुमोदन गरिएको थियो ।

सन् २००७ मा स्थापित सोसाइटीले आफ्ना सदस्यरुको हितका लागि विभिन्न कार्य गर्दै आएको छ ।

अध्यक्ष सुवोध तिमिल्सिना

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register