गिनी–बिसाउको इतिहासमा सबैभन्दा ठूलो लागूऔषध बरामद

काठमाडौं । गिनी–बिसाउका अधिकारीहरूले राजधानीको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको एक विमानबाट २.६३ टन कोकिन बरामद गरेको बताएका छन्। रिपोर्टका अनुसार, यो विमान भेनेजुएलाबाट आएको थियो । शनिबार कम्तीमा ७८ बोरामा भरिएको कोकेन फेला पारिएको बिबिसीले जनाएको छ । यो गिनी–बिसाउको इतिहासमा सबैभन्दा ठूलो लागूऔषध बरामद भएको घटनाको रूपमा हेरिएको छ। पश्चिम अफ्रिकी देश गिनी–बिसाउलाई विश्वव्यापी […]

Sep 10, 2024 - 02:07
 0
गिनी–बिसाउको इतिहासमा सबैभन्दा ठूलो लागूऔषध बरामद

काठमाडौं । गिनी–बिसाउका अधिकारीहरूले राजधानीको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको एक विमानबाट २.६३ टन कोकिन बरामद गरेको बताएका छन्।

रिपोर्टका अनुसार, यो विमान भेनेजुएलाबाट आएको थियो । शनिबार कम्तीमा ७८ बोरामा भरिएको कोकेन फेला पारिएको बिबिसीले जनाएको छ । यो गिनी–बिसाउको इतिहासमा सबैभन्दा ठूलो लागूऔषध बरामद भएको घटनाको रूपमा हेरिएको छ।

पश्चिम अफ्रिकी देश गिनी–बिसाउलाई विश्वव्यापी लागूऔषध तस्करीको प्रमुख ट्रान्जिट प्वाइन्टका रूपमा चिनिन्छ । जसले गर्दा संयुक्त राष्ट्रसंघले यसलाई ‘नार्को–स्टेट’ को रूपमा घोषणा गरेको छ।

स्थानीय पत्रिकाले रिपोर्ट गरेको छ –उक्त विमान मेक्सिकोमा दर्ता गरिएको थियो। विमानमा रहेका पाँच जना चालक दलका सदस्यहरूलाई पक्राउ गरिएको छ । जसमा दुई मेक्सिकन, एक कोलम्बियन, एक इक्वाडोरियन, र एक ब्राजिलियन छन्।

पक्राउ परेका सबै व्यक्तिहरूलाई सोमबार अदालतमा उपस्थित गराइने बताइएको छ।

अधिकारिहरूका अनुसार, अप्रेशन ल्याण्डिङ नाम दिइएको यस बरामदगीलाई अमेरिकी ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेशन र यूरोपेली संगठन म्यारिटाइम एनालिसिस एन्ड अपरेसन सेन्टर–नार्कोटिक्ससँग मिलेर सम्पन्न गरिएको थियो।

स्थानीय रिपोर्टअनुसार, प्रहरीले यस लागूऔषध तस्करीमा संलग्न सम्पूर्ण नेटवर्कलाई ध्वस्त पार्ने कार्यमा जुटिरहेको छ।

गिनी–बिसाउका अधिकारीहरूले लामो समयदेखि देशलाई लागूऔषध युरोपतर्फ पठाउने मार्गका रूपमा प्रयोग गर्न नदिन प्रयास गर्दै आएका छन्।

सन् १९७४ मा पोर्चुगलबाट स्वतन्त्रता प्राप्त गरेपछि देशले नौ पटक तख्तापलटको सामना गरेको छ, जसका कारण राज्यका संस्थाहरू कमजोर भएका छन्।

कतिपयका अनुसार यसले गिनीबिसाउलाई लागूऔषध माफियाहरूका लागि उपयुक्त स्थान बनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register