आजदेखि राष्ट्रिय खेलाडीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौँ । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरूको स्वास्थ्य परीक्षण सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग उपचार केन्द्रले निःशुल्क गर्ने भएको छ । कार्यक्रमको प्यारा ओलम्पिकमा कांस्य पदक विजेता पलेसा गोवर्द्धनको स्वास्थ्य परीक्षणबाट आज परीक्षणको सुरुवात गरिएको हो । देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीहरूको मुटुसहित निःशुल्क स्वास्थ्य परीक्षणसम्बन्धी सम्झौता गरिएको थियो । गत […]

Sep 10, 2024 - 05:23
 0
आजदेखि राष्ट्रिय खेलाडीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौँ । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरूको स्वास्थ्य परीक्षण सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग उपचार केन्द्रले निःशुल्क गर्ने भएको छ । कार्यक्रमको प्यारा ओलम्पिकमा कांस्य पदक विजेता पलेसा गोवर्द्धनको स्वास्थ्य परीक्षणबाट आज परीक्षणको सुरुवात गरिएको हो ।

देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीहरूको मुटुसहित निःशुल्क स्वास्थ्य परीक्षणसम्बन्धी सम्झौता गरिएको थियो ।

गत साउन २७ गते आफ्नो स्वास्थ्य क्षेत्रका योजना तथा प्राथमिकता घोषणाका क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले देशका लागि खेल्ने खेलाडीहरूको स्वास्थ्य परीक्षण आवश्यक व्यवस्था गर्ने बताएका थिए ।

मन्त्री पौडेल र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा मन्त्रालय, युवा तथा खेलकुद राष्ट्रिय खेलकुद परिषद् राखेप र अस्पतालका बिच खेलाडीको मुटु परीक्षण हरेक वर्ष निःशुल्क गर्ने सम्झौता गरिएको हो ।

यो घोषणाबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा देशका तर्फबाट सहभागी राष्ट्रिय टिमका ७ सय ५७ खेलाडी लाभान्वित हुनेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register