एन्फा महिला लिग : सुदूरपश्चिमको पोष्टमा आर्मीको १४ गोल

काठमाडौं । एन्फा महिला लिग-२०८१ फुटबलमा त्रिभुवन आर्मी फुटबल क्लबले सुदूरपश्चिम प्रदेशमाथि फराकिलो जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा आर्मीले सुदूरपश्चिमलाई १४–१ को फराकिलो गोलअन्तरले पराजित गरेको हो । आर्मीले प्रतियोगितामा आफ्नो दोस्रो जित दर्ता गरेको हो । पहिलो खेलमा संकटालाई ४–० ले हराएको आर्मीले आफ्नो दोस्रो खेलमा एपीएफसँग २–१ […]

Sep 10, 2024 - 12:15
 0
एन्फा महिला लिग : सुदूरपश्चिमको पोष्टमा आर्मीको १४ गोल

काठमाडौं । एन्फा महिला लिग-२०८१ फुटबलमा त्रिभुवन आर्मी फुटबल क्लबले सुदूरपश्चिम प्रदेशमाथि फराकिलो जित हासिल गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा आर्मीले सुदूरपश्चिमलाई १४–१ को फराकिलो गोलअन्तरले पराजित गरेको हो ।

आर्मीले प्रतियोगितामा आफ्नो दोस्रो जित दर्ता गरेको हो । पहिलो खेलमा संकटालाई ४–० ले हराएको आर्मीले आफ्नो दोस्रो खेलमा एपीएफसँग २–१ ले पराजित भएको थियो ।

यससँगै अंकविहीन सुदूरपश्चिम अंक तालिकाको पुछारमा छ । यसअघि सुदूरपश्चिम पहिलो खेलमा बागमती युथ क्लबसाग ५–१ र दोस्रो खेलमा नेपाल पुलिस क्लबसँग ९–० ले पराजित भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register