रुसलाई मिसाइल उपलब्ध गराएको भन्दै जर्मनी, फ्रान्स र बेलायतद्वारा इरानमाथि प्रतिबन्ध

बर्लिन : जर्मनी, फ्रान्स र बेलायतले मङ्गलबार युक्रेन युद्धमा प्रयोगका लागि इरानले रुसलाई ब्यालेस्टिक मिसाइलहरू आपूर्ति गरेको भन्दै निन्दा गरेका छन् र हवाई यातायातलाई लक्षित गर्ने नयाँ प्रतिबन्धको घोषणा गरेका छन् । ‘हामी इरानसँग द्विपक्षीय हवाई सेवा सम्झौता रद्द गर्न तत्काल कदम चाल्नेछौँ’, तीन युरोपेली मुलुकले संयुक्त विज्ञप्तिमा भनेका छन् –इरानको आकाशमा प्रतिबन्ध लगाउने दिशामा […]

Sep 11, 2024 - 00:51
 0
रुसलाई मिसाइल उपलब्ध गराएको भन्दै जर्मनी, फ्रान्स र बेलायतद्वारा इरानमाथि प्रतिबन्ध

बर्लिन : जर्मनी, फ्रान्स र बेलायतले मङ्गलबार युक्रेन युद्धमा प्रयोगका लागि इरानले रुसलाई ब्यालेस्टिक मिसाइलहरू आपूर्ति गरेको भन्दै निन्दा गरेका छन् र हवाई यातायातलाई लक्षित गर्ने नयाँ प्रतिबन्धको घोषणा गरेका छन् ।

‘हामी इरानसँग द्विपक्षीय हवाई सेवा सम्झौता रद्द गर्न तत्काल कदम चाल्नेछौँ’, तीन युरोपेली मुलुकले संयुक्त विज्ञप्तिमा भनेका छन् –इरानको आकाशमा प्रतिबन्ध लगाउने दिशामा पनि काम गर्नेछौँ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले यसअघि लन्डनको भ्रमणमा रुसलाई ब्यालेस्टिक मिसाइलको खेप प्राप्त भएको र ‘सम्भवतः केही साताभित्र युक्रेनमा तिनीहरूको प्रयोग गरिने’ बताएका थिए ।

लन्डन, पेरिस र बर्लिनले ‘इरानविरुद्ध नयाँ र महत्त्वपूर्ण चेतावनी’ का बाबजुद यदि उसले मिसाइल पठाएको छ भने ‘इरानले यी हतियार स्थानान्तरण गरेको पुष्टि भएको छ’ भनेका छन् ।

‘यो युक्रेनविरुद्ध रुसको आक्रामक युद्धमा इरानको सैन्य समर्थनको थप वृद्धि हो र यसले इरानी मिसाइलहरू युरोपेली भूमिमा पुगेको देखिनेछ, यसले युक्रेनी जनताको पीडा बढाएको छ’, उनीहरूले भनेका छन्, –यो कृत्य इरान र रुस दुवैले बढाएको कदम हो र युरोपेली सुरक्षाका लागि सिधै खतरा हो ।

तीनै मुलुकले इरानसँग द्विपक्षीय हवाई सेवा सम्झौता रद्द गर्नका लागि तत्काल कदम चाल्ने बताएका छन् । ती देशले भनेका छन् –यसबाहेक हामी इरानको ब्यालेस्टिक मिसाइल कार्यक्रम र रुसलाई ब्यालेस्टिक मिसाइल तथा अन्य हतियार स्थानान्तरणमा सामेल महत्त्वपूर्ण संस्था र व्यक्तिहरूको ओहोदाको जाँच गर्नेछौँ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register