फिफा विश्वकप छनोटमा कोलम्बियाद्वारा अर्जेन्टिना पराजित

काठमाडौं । फिफा विश्वकप छनोटमा कोलम्बियाले विश्व विजेता अर्जेन्टिनालाई २–१ ले हराएको छ । खेलमा कोलम्बियाको लागि कप्तान जेम्स रोड्रिग्वेज एक गोल र एक असिस्ट तथा यरसन मोस्केराले एक गोल गरे । खेलको २५औं मिनेटमा मोस्केराले रोड्रिग्वेजको पासमा गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा पछि परेको अर्जेन्टिनाले दोस्रो हाफमा सुरुमै गोल फर्कायो […]

Sep 11, 2024 - 03:27
 0
फिफा विश्वकप छनोटमा कोलम्बियाद्वारा अर्जेन्टिना पराजित

काठमाडौं । फिफा विश्वकप छनोटमा कोलम्बियाले विश्व विजेता अर्जेन्टिनालाई २–१ ले हराएको छ ।

खेलमा कोलम्बियाको लागि कप्तान जेम्स रोड्रिग्वेज एक गोल र एक असिस्ट तथा यरसन मोस्केराले एक गोल गरे ।

खेलको २५औं मिनेटमा मोस्केराले रोड्रिग्वेजको पासमा गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा पछि परेको अर्जेन्टिनाले दोस्रो हाफमा सुरुमै गोल फर्कायो । निको गोन्जालेजले ४८औं मिनेटमा गोल फर्काएका हुन् ।

तर, ६०औं मिनेटमा जेम्स रोड्रिग्वेजले पेनाल्टीमा गोल गर्दै कोलम्बियालाई २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल नहुँदा कोलम्बयालाई विजयी हुँदै ३ अंक जोडेको हो ।

जितपछि ८ खेलबाट १६ अंक जोडेर कोलम्बिया दोस्रो स्थानमा उक्लेको छ । शीर्ष स्थानको अर्जेन्टिनाभन्दा कोलम्बिया २ अंकले पछि रहेको छ ।

छनोट दोस्रो हार व्यहोरेको अर्जेन्टिनान भने १८ अंकसहित शीर्ष स्थानमै छ ।

दक्षिण अमेरिकी छनोटको अन्य खेलमा इक्वेडरले पेरुलाई १–० ले पराजित गरेको छ । चिली बोलिभियासँग २–१ ले पराजित भएको छ । उरुग्वे र भेनेजुएलाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register