एमालेले भन्यो- संसद् चल्न नदिए माओवादीलाई नै क्षति हुन्छ, सभामुखको रुलिङ मान्नुपर्छ

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) ले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले संसद् चल्न दिनुपर्ने बताएको छ । आइतबार सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएपछि एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाले भने, “माओवादीले हाउस चल्न दिनुपर्छ । यदि चल्न दिए माओवादीकै क्षति हुन्छ ।” बर्तौलाले सभामुखले गरेको रुलिङ सबै सांसदले मान्नुपर्ने बताए […]

Sep 15, 2024 - 08:40
 0
एमालेले भन्यो- संसद् चल्न नदिए माओवादीलाई नै क्षति हुन्छ, सभामुखको रुलिङ मान्नुपर्छ

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) ले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले संसद् चल्न दिनुपर्ने बताएको छ ।

आइतबार सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएपछि एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाले भने, “माओवादीले हाउस चल्न दिनुपर्छ । यदि चल्न दिए माओवादीकै क्षति हुन्छ ।”

बर्तौलाले सभामुखले गरेको रुलिङ सबै सांसदले मान्नुपर्ने बताए । “सभामुखको निर्णविरुद्ध विरोध गर्ने उहाँहरूले निर्णय गर्नुभयो । सभामुखको रुलिङ हरेक सांसदले मान्नुपर्छ । त्यसको खिलापमा गएर माओवादीले हाउस चल्न नदिने निर्णय गर्‍यो । यसले माओवादीलाई नै घाटामा पुर्‍याउँछ,” उनले भने ।

उनले आजको बैठकमा सभामुखसँगै अरु दलका प्रमुख सचेतकहरूले माओवादीलाई संसद् अवरोध गर्ने निर्णयबाट पछाडि फर्किन आग्रह गरेको सुनाए । “उहाँलाई सम्माननीयज्यूले र सबै दलका प्रमुख सचेतकहरूले निर्णयबाट पछाडि हट्न आग्रह गर्नुभएको छ । आशा छ, उहाँहरूले पुनरावलोकन गर्नुहुनेछ र हाउस चल्नेछ,” उनले भने ।

सभामुखले माओवादीलाई १ घण्टाको समय दिएका छन् । बैठकमा सहभागी भएका हितराज पाण्डे सभामुखको आग्रह लिएर संसदीय दलको बैठकमा गएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register