बुधबार पनि घट्यो नेप्से, ६ अर्बमाथिको कारोबार

काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक २२.७३ अंकले घटेर २६१०.३१ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय १७ कम्पनीको एक करोड ५४ लाख २८ हजार ७ सय २४ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्बमाथिको सेयर कारोबार भएको छ । बुधबार सबैभन्दा […]

Sep 11, 2024 - 10:35
 0
बुधबार पनि घट्यो नेप्से, ६ अर्बमाथिको कारोबार

काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक २२.७३ अंकले घटेर २६१०.३१ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १७ कम्पनीको एक करोड ५४ लाख २८ हजार ७ सय २४ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्बमाथिको सेयर कारोबार भएको छ । बुधबार सबैभन्दा धेरै कारोबार सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको ३४ करोड ७३ लाख ६ हजार ८ सय ८५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, आजको बजारमा विन नेपाल लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

यता, एशियन हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register