बुवा केयरले तपाइँका बुवाआमालाई वर्षभरि हेरचाह गरिदिने, औषधिउपचारदेखि तीर्थ यात्रासम्मका सुविधा 

काठमाडौँ । बुवा केयरले ज्येष्ठ नागरिकलाई लक्षित गर्दै विभिन्न सेवा सञ्चालन गर्दै आइरहेको छ । पछिल्लो डेढ वर्षदेखि बुवा केयरले काठमाडौँ, भक्तपुर र ललितपुरका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै स्वास्थ्य तथा मनोरञ्जनका विभिन्न सेवाहरु सञ्चालन गर्दै आइरहेको हो ।  हाल बुवा केयरले देशभरी नै स्वास्थ्य, मनोरञ्जनका विभिन्न सेवासँगै टेलिमेडिसिन सेवा पनि दिँदै आएको बुवा केयरका प्रमुख […]

Sep 8, 2024 - 13:59
 0
बुवा केयरले तपाइँका बुवाआमालाई वर्षभरि हेरचाह गरिदिने, औषधिउपचारदेखि तीर्थ यात्रासम्मका सुविधा 

काठमाडौँ । बुवा केयरले ज्येष्ठ नागरिकलाई लक्षित गर्दै विभिन्न सेवा सञ्चालन गर्दै आइरहेको छ । पछिल्लो डेढ वर्षदेखि बुवा केयरले काठमाडौँ, भक्तपुर र ललितपुरका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै स्वास्थ्य तथा मनोरञ्जनका विभिन्न सेवाहरु सञ्चालन गर्दै आइरहेको हो । 

हाल बुवा केयरले देशभरी नै स्वास्थ्य, मनोरञ्जनका विभिन्न सेवासँगै टेलिमेडिसिन सेवा पनि दिँदै आएको बुवा केयरका प्रमुख शंकर पोखरेलले जनाएका छन् । 

पोखरेलका अनुसार बुवा केयरको सेवा लिनका लागि सुरुमा ज्येष्ठ नागरिकले बुवा केयरको वार्षिक सदस्यता लिनुपर्छ । त्यसपश्चात् बुवा केयरले सदस्यता लिएका ज्येष्ठ नागरिकलाई सम्पूर्ण सेवा दिनेछ । 

किन लिने बुवा केयरको वार्षिक सदस्यता ? 
यसो त बुवा केयरको सदस्यता लिएपछि विभिन्न सेवासँगै थुप्रै फाइदाहरु पनि पाइन्छन् । जसमध्येको एक, देश तथा विदेशका विभिन्न अस्पतालहरुमा स्वास्थ्य उपचार गराउँदा छुट पाइने रहेको बुवा केयरका प्रमुख पोखरेलले बताएका छन् । 

पोखरेलका अनुसार बुवा केयरको वार्षिक सदस्यता लिएपछि असक्षम सेवाग्राहीलाई १५ लाखसम्मको मेडिकल कभरेज उपलब्ध गराइनेछ भने ‘डाक्टर अन कल फ्यासिलिटी’ अनुसार घरमै स्वास्थ्य चेकजाँचको सुविधा पनि उपलब्ध गराइनेछ । त्यसका बावजुत घरमै औषधी डेलिभरी गराउन सकिने पनि पोखरेलले जानकारी दिएका छन् । 

त्यस्तै, बुवा केयरको उद्देश्य सेवा निवृत्त व्यक्तिहरुको शारीरिक र मासिक स्वास्थ्यको ख्याल गर्नुका साथै मनोरञ्जन र हौसला प्रदान गर्नु र उपयुक्त स्याहार गर्नु रहेको पोखरेलले बताएका छन् । 

उनका अनुसार हाल बुवा केयरले ज्येष्ठ नागरिकको स्वास्थ्यको स्याहार गर्नुका साथै ‘रिफ्रेसमेन्ट’ कार्यक्रम अन्तर्गत पिकनिक, टूर तथा तिर्थ यात्रा र विभिन्न देश र विदेशका प्राइभेट ट्राभल गराउँदै आएको छ । यसरी गरिने भ्रमणमा सदस्यको १५ लाखसम्मको दुर्घटना बीमा र १ लाखसम्मको स्वास्थ्य बीमाको सुविधासँगै यात्रा अवधिभर अनुभवी चिकित्सकको समेत व्यवस्था गरिने बुवा केयरका प्रमुख पोखरेलले बताएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register