दसैँका लागि एक हजार ८ सय खसी बोका र च्याङ्ग्रा ल्याइँदै

काठमाडौँ । सरकारले दसैँका लागि १ हजार ८०० वटा खसी बोका र च्याङ्ग्रा राजधानी ल्याउने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो दसैँका लागि १ हजार ५०० वटा खसी बोका र  ३०० वटा च्याङ्ग्रा ल्याउने भएको हो । उक्त खसी बोका तथा च्याङ्ग्रा घटस्थापनाको अघिल्लो दिनसम्म ल्याइसकिने कम्पनीले जनाएको छ । कम्पनीले यस […]

Sep 11, 2024 - 12:19
 0
दसैँका लागि एक हजार ८ सय खसी बोका र च्याङ्ग्रा ल्याइँदै

काठमाडौँ । सरकारले दसैँका लागि १ हजार ८०० वटा खसी बोका र च्याङ्ग्रा राजधानी ल्याउने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो दसैँका लागि १ हजार ५०० वटा खसी बोका र  ३०० वटा च्याङ्ग्रा ल्याउने भएको हो ।

उक्त खसी बोका तथा च्याङ्ग्रा घटस्थापनाको अघिल्लो दिनसम्म ल्याइसकिने कम्पनीले जनाएको छ । कम्पनीले यस वर्ष खसी बोका र च्याङ्ग्रा खरिदका लागि ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

कम्पनीले गत वर्ष २ हजार वटा खसी बोका र ५४२ वटा च्याङ्ग्रा ल्याएको थियो । जसका लागि ८ करोड रुपैयाँ बराबर बजेट छुट्याइएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register