रोनाल्डोद्वारा म्यान युनाइटेडका प्रशिक्षकको आलोचना, भन्छन् – क्लब सुधार्न पुराना खेलाडीलाई सुन्नुपर्छ
काठमाडौं । नेदरल्याण्डका प्रशिक्षक टेन हाग म्यानचेस्टर युनाइटेडको इतिहासकै सबैभन्दा तल्लो स्थानमा (आठौं स्थान) पुग्नु र यो सिजनका तीनमध्ये दुई खेलमा पराजित हुँदा दबाबमा परेका छन् । दुई पटक क्लबमा रहेका क्रिस्टियानो रोनाल्डोले टेन हागको मानसिकताको पनि प्रश्न उठाएका छन् । उनी अहिले साउदी अरेबियाको अल–नस्रमा खेलिरहेका छन् । ‘प्रशिक्षकले भन्नुभएको छ, हामी प्रिमियर लिग […]
काठमाडौं । नेदरल्याण्डका प्रशिक्षक टेन हाग म्यानचेस्टर युनाइटेडको इतिहासकै सबैभन्दा तल्लो स्थानमा (आठौं स्थान) पुग्नु र यो सिजनका तीनमध्ये दुई खेलमा पराजित हुँदा दबाबमा परेका छन् ।
दुई पटक क्लबमा रहेका क्रिस्टियानो रोनाल्डोले टेन हागको मानसिकताको पनि प्रश्न उठाएका छन् ।
उनी अहिले साउदी अरेबियाको अल–नस्रमा खेलिरहेका छन् ।
‘प्रशिक्षकले भन्नुभएको छ, हामी प्रिमियर लिग र च्याम्पियन्स लिग जित्न प्रतिस्पर्धा गर्न सक्दैनौं,’ रोनाल्डोले रियो फर्डिनान्डसँगको पोडकास्टमा बताए । उनले भने, ‘म्यानचेस्टर युनाइटेडका प्रशिक्षकको रूपमा तपाईंले यो भन्नु हुँदैन । हामी लिग वा च्याम्पियन्स लिग जित्न प्रतिस्पर्धा गर्ने छैनौं भनेर । मानसिक रूपमा भन्न सक्नुहुन्छ कि सायद हामीसँग त्यो क्षमता छैन, तर म यो भन्न सक्दिन । हामी प्रयास गर्नेछौं, तपाईंले प्रयास गर्नै पर्छ ।’
रोनाल्डोले थप भनेका छन् –म म्यानचेस्टर युनाइटेडलाई पनि आफैंलाई जस्तै उत्कृष्ट बनोस् भन्ने चाहन्छु ।
पहिलो छ वर्षको समयमा रोनाल्डोले युनाइटेडसँग तीन प्रिमियर लिग उपाधि, च्याम्पियन्स लिग, दुई लिग कप र एक एफए कप जितेका थिए । २०२१ मा उनले पुनः युनाइटेडमा फर्किएपछि कुल ३४६ खेलमा १४५ गोल गरेका थिए ।
२०१३ मा सर एलेक्स फग्र्युसनको अवकाशपछि क्लबमा ‘कुनै प्रगति नभएको’ रोनाल्डोले बताएका छन् । युनाइटेडले त्यसपछि प्रिमियर लिग जित्न सकेको छैन । तर, सह–मालिक सर जिम र्याटक्लिफले क्लबको २५% हिस्सेदारी खरिद गरेर क्लबलाई पुनः आफ्नो पुरानो गौरवमा फर्काउन चाहेका छन् ।
‘क्लबले पुनर्निर्माण गर्न समय आवश्यक छ । क्लब अझै पनि विश्वको उत्कृष्ट क्लबमध्ये एक हो, तर परिवर्तन आवश्यक छ,’ रोनाल्डोले थप स्पष्ट गरे ।
तर, रोनाल्डोले टेन हागको टोलीमा आफ्ना पुराना साथी रूड भान निस्टेलरोयको नियुक्तिलाई सकारात्मक रूपमा लिएका छन् । ‘यदि टेन हागले रूडलाई सुन्छन् भने उनले आफूलाई मद्दत गर्न सक्नेछन्,’ उनले भने, ‘क्लबलाई सुधार्न तिनीहरूले पुराना खेलाडीहरूलाई सुन्नुपर्छ ।’
What's Your Reaction?